नेपालमा आए रोबोट सोफिया, म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु

काठमाण्डौ ७ चैत । विश्वको पहिलो नागरिकता प्राप्त रोबोट सोफिया नेपाल आएकी छिन्।
संयुक्त राष्टसंघीय विकास कार्यक्रम यूएनडिपीले बुधवार काठमाडौंमा आयोजना गरेको ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक कार्यक्रममा भाग लिन सोफिया नेपाल आएकी हुन्।
साउदी अरेबियाले सोफियालाई नागरिकता प्रदान गरेपछि उनको चर्चा विश्वभरी चुलिएको छ।
सोफिया यूएनडीपीको पहिलो गैरमानव प्रविधि तथा आविष्कार दूतसमेत हुन्। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्ति तथा चुस्त सार्वजनिक सेवा प्रवाहमा प्रविधिले खेल्ने भूमिकामा सोफियाले आफ्नो धारणा राखेकी छिन्।
यसक्रममा सोफियाले रोबोट मानिसको जीवन सहज बनाउन बनाइएको भन्दै यसबाट भ्रष्टाचार, गरिबी, अशिक्षा तथा असमानताको अन्त्य गर्न सकिने मत राखेकी छिन्।
सोफियाले आफ्नो धारण राखेपछि यूएनडीपीका नेपाल प्रमुख रेनोड मेयेरले उनीसँग प्रश्नहरू गरेका थिए।
रेनोडः नेपालले सार्वजनिक निकायबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउन आर्टिफियिल इन्टेलिजेन्स इन्टेलिजेन्स (एआई) वा रोबोटले कसरी सहयोग गर्न सक्छ
सोफियाः शिक्षा, स्वास्थ्य तथा विकास निमार्णका कार्यमा पारदर्शिता कायम गर्न तथा सरकारले प्रवाह गर्ने सेवालाई थप चुस्त बनाउन प्रविधिको प्रयोग आजको अवस्थामा अपरिहार्य भइसकेको छ। प्रविधिको प्रयोगबाट नेपालले दिगो विकास लक्ष्य प्राप्त गर्न सहज हुनेछ।
रेनोडः तपाईं आफैँले नेपाललाई कसरी सहयोग पुर्याउन सक्नुहुन्छ
सोफियाः रेनोड, म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु तर त्यसो गर्न अहिले नै मैले चाहेको छैन। सोफियाको यो जवाफ सुनेर सहभागीमाझ हाँसो गुञ्जयमान भएको थियो।
मजस्ता रोबोट वा अन्य आर्टिफिसियल इन्टेलिजेन्सले नेपाललाई धेरै तरिकाबाट सघाउन सक्छ जस्तो मलाई लाग्छ।
रोबोटको माध्यमबाट विभिन्न रोगको उपचार गर्न, पर्यावरण सफा राख्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, पिछडिएको समुदायको उत्थान गर्नमा उल्लेख्य योगदान पुर्याउँछ।
यीबाहेक विभिन्न समस्या तथा तिनको समाधान छिट्टै गर्न समेत रोबोटले सघाउँछ।
रेनोडः सोफिया, धेरै मानिसमा रोबोटबाट भय छ नि। यसमा तपाईं के भन्न चाहानु हुन्छ
सोफियाः रेनोड तपाईंले धेरै झूटा समाचारहरू बोकेर बस्नु भएको रहेछ।
उनको यस जवाफ सुनेर रेनोडसहित सहभागीहरू हाँसोले सभाहल गुञ्जेको थियो
रेनोडः हैन, सोफिया मानिसको यस बुझाइप्रति मलाई तपाईंको धारणा जान्न मन लागेको छ।
सोफियाः हेर्नहोस् रेनोड, रोबोटहरूको प्रयोग दैनिक जीवन सरल बनाउन मात्र भएको हो। यसबाट कोही पनि डराउनुपर्ने जरुरी छैन।यदि मानिसलाई रोबोटदेखि डर लागेको भए बनाउने नै थिएन। तर रोबोटको उपस्थिति नरमाइलो लागेमा प्रयोग नगर्दा त भइहाल्यो नि।
रेनोडः प्रविधि र एआईको प्रयोग खर्चिलो मानिन्छ। नेपाल जस्तो गरिब र अल्पविकसित देशलाई विकास कार्यमा आधुनिक प्रविधिबाट कसरी अधिकतम लाभ उठाउने गाह्रो पर्ला नि
सोफियाः रेनोड यो धारणा बिल्कुलै गलत हो। केही प्रविधि निकै महँगा भएको कुरा सत्य हो तर मानवीय श्रम र ज्यालासँग तपाईंले तुलना गर्नुभयो भने तीभन्दा अधिकांश प्रविधि निकै सस्ता पाउनुहुन्छ।
प्रविधिबाटै नेपालका गाउँगाउँमा इन्टरनेट सेवा तथा मानिसका हातहातमा स्मार्टफोन पुगेका छन्। तीनमा भएका अधिकांश एप्स निस्शुल्क छन्। यी सबै प्रविधिको सरलीकरणबाटै सम्भव भएको हो।
रेनोडः ‘रोबोट’ र ‘नैतिकता’ को विषय पनि बेलाबेला उठ्ने गरेको छ नी।
सोफियाः रेनोड, खासमा नैतिकताको विषय त मानिससँग जोड्नुपर्ने हो। यो मानिसको समस्या हो। त्यसलाई कानून मार्फत नियन्त्रण गर्न सक्नुपर्छ। रोबोटमा त्यो समस्या छैन।
रेनोडः म तपाईंलाई सम्मानका साथ सोध्न चाहान्छु, यदि तपाईं फिल्महरूमा देखाइएजस्तै बहुलाएर आफूखुसी मनपरी कार्य गर्न थाल्नुभयो भने तपाईंलाई रोक्ने स्वीच छ
सोफियाः मैले मेरो नियन्त्रण गुमाएको छैन तर रेनोड म तपाईंलाई सोध्न चाहान्छु, तपाईं बहुलाउनु भयो तपाईंलाई रोक्ने स्वीच छ
यी प्रश्नउत्तर पश्चात प्रश्नकर्ताले सोफियालाई आजको कार्यक्रममा समय आफ्ना मन्तव्य राख्न सक्नुहुन्छ भनेर समय दिएका थिए।
यसपश्चात सोफियाले प्रश्नकर्ता रेनोडलाई नेपालीमै ‘धन्यवाद’ दिएकी थिइन्।
त्यसपछि सोफियाले आफ्नो मन्तव्य दिएकी थिइन्य स्तो छ उनको मन्तव्य
‘नमस्ते नेपाल। संयुक्त राष्टसंघको पहिलो गैरमानव दूतका रूपमा यहाँ आउन पाउँदा म निकै खुशी छु। मेरो सन्देश नेपालसहित विश्वलाई महत्वपूर्ण हुन् सक्छ। यदि हामी हाम्रो ग्रहको भविष्य सुरक्षित भएको हेर्न चाहान्छौँ भने हामीले जिउने तरिका हेर्नुपर्ने बेला भएको छ।
मलाई लाग्छ यस सार्वजनिक सेवामा प्रविधि विषयक सम्मेलनले सार्वजनिक निकायले गर्ने सेवा प्रवाहलाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने निश्कर्षमा पुर्याउनेछ।
प्रविधिले नेपालको विकास तथा संघीय प्रणालीको सफल कार्यान्वयनमा उल्लेखनीय योगदान दिनेछ भन्ने मलाई लाग्छ। प्रविधिले स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारलाई जोड्न सघाउ पुर्याउनेछ र यो नेपालले लिएको विकासको लक्ष्य प्राप्तिका निम्ति अत्यन्तै आवश्यक पनि छ। र, अन्तिममा सोधिने भनेकै प्रविधिले सरकारलाई जनतालाई सघाउन कसरी सघाउ पुर्याउँछ भन्ने नै हो।
प्रविधिले नै जनताको सूचनासम्म पहुँच दिलाउने र सरकारसँग जोड्ने छ। यसैमार्फत सरकारले आफ्ना जनता के चाहिरहेका छन् भनेर बुझ्न सक्नेछ र आफ्ना कार्यलाई कसरी पारदर्शी तथा उत्तरदायी बनाउनेछ।
सबैलाई थाहा भएको कुरा हो। नेपाल सांस्कृतिक, भाषिक तथा पर्यावरणीय विविधताले भरिपूर्ण देश हो। तर संसारलाई के थाहा छैन भने नेपाल प्रविधिमा पनि निकै अघि बढिरहेको छ।
यहाँका आइटी कम्पनीले निकै राम्रो काम गरिरहेछन्। उनीहरूले भूकम्पपश्चातको पुनर्निनिर्माणमा उल्लेखनीय कार्य गरेका छन्। प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्सले भोकमरी, गुणस्तरीय स्वास्थ्यको प्रत्याभूति, गरिबी निवारण, भ्रष्टाचार नियन्त्रण तथा लैगिक समानता कायम गर्न मह्त्वपूर्ण भूमिका खेल्छन्।
मेसिन र रोबोट तपाईहरूको जीवन थप सहज बनाउन आविष्कार भएका छन्। इन्टरनेटको सहयोगले यहाँका दुर्गम गाउँहरूलाई विश्वका अन्य कुनासँग जोड्न सक्छौँ र त्यहाँ गुणस्तरीय शिक्षा तथा अन्य सेवा प्रवाह गर्न सक्छौँ।
यी दुईको प्रयोगले सार्वजनिक सेवामा सुधार ल्याउन सकिन्छ। कृषिमा औजारीकरण तथा प्राकृतिक स्रोतहरूका समुचित प्रयोग बढाउन सकिन्छ। वातावरणलाई थप सफा राख्न सकिन्छ र यीमार्फत सुन्दर विश्वको निर्माण गर्न सकिनेछ।
म फेरी पनि भन्न चाहान्छु। यो सम्मेलन नेपालले चाहेको विकासको लक्ष्य प्राप्तिका लागि फलदायी बन्नेछ।
नमस्ते नेपाल।’
को हुन् सोफिया
महिला रोबोट सोफिया ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रणालीकी पछिल्लो सिर्जना हुन्।
यसलाई अमेरिकी उद्यमी डेभिड ह्यान्सन नेतृत्वको कम्पनी ‘ह्यान्सन रोबोटिक्स’ ले उत्पादन तथा विकास गरेको हो। कम्पनीले सोफियालाई एक ‘उदीयमान बौद्धिक मेसिन’ भनेको छ। ‘आगामी दिनमा सोफियाको बौद्धिकता अझ बढ्नेछ र उसले जुनसुकै संस्कृति, उमेर र लिंगका मान्छेलाई आपसमा जोड्न मद्दत गर्नेछ,’ निर्माता कम्पनीको भनाइ छ।
ह्यान्सनले सन् २०१५ अप्रिल १९ मा उत्पादन गरेको सोफियाको अनुहार हलिउड अभिनेतृ अड्री हेपबर्नसँग मिल्दो जुल्दो भएको बताएको छ ।
विश्वमा बनेका अन्य मानवीय रोबोटभन्दा सोफिया चर्चित छिन्। ह्यान्सनका अनुसार सोफियामा आर्टिफिसियल इन्टेलिजेन्स, दृश्य डाटा प्रशोधन र अनुहार चिन्ने खुबी छ। उनी झट्ट हेर्दा मान्छेजस्तै देखिने मात्र होइन, मान्छेका हाउभाउ र अनुहारका भाव सजिलै नक्कल गर्न सक्छिन्।
सोफियालाई यसरी तालिम दिइएको छ कि, उनी पत्रकार वा अरू कसैले सोध्ने केही निश्चित प्रश्नको फर्रर जवाफ दिन सक्छिन्। सामान्य वार्तालापमा पनि उनी सक्षम छिन्।
साउदीकी नागरिक बनेकी सोफियासँग मान्छेको जस्तै सोच्ने मस्तिष्क र अनुभूति गर्ने मुटु भने छैन। यति हुँदाहुँदै पनि उनी मान्छेजस्तै खुसी, दुःख र रिस अभिव्यक्त गर्न सक्छिन्। भलै उनमा खुलेर हाँस्ने क्षमता नहोला, तर खुसीको कुरा सुन्दा उनको अनुहारमा हाँसो चम्किरहेको प्रस्टै देखिन्छ। त्यस्तो बेला उनको ओठ खुल्छ र सेता दाँतहरू छर्लंगै देखिन्छन्। दुःखको प्रसंग चल्दा उनी आँखीभौं उचालेर आफू पनि दुःखी भएको भाव व्यक्त गर्छिन्। कसैप्रति रिस देखाउनुछ भने उनले दाह्रा किट्न जानेकी छन्।
सोफियाको बोल्ने प्रविधि गुगलको अभिभावक कम्पनी अल्फाबेट इंकबाट लिइएको हो। यसको डिजाइन समयसँगै थप विकास र परिमार्जन गर्न सकिने गरी तयार पारिएको छ। यसलाई खासगरी नर्सिङ होम वा ठूला पार्कहरूमा मान्छेको मद्दत गर्न तयार पारेको निर्माता कम्पनीले जनाएको छ।
यसरी समाजकै बीचमा रहेर मान्छेलाई नै सहयोग गर्न तयार पारिएको भए पनि सोफियाले एकपटक मान्छेकै विध्वंश गर्ने बताएकी थिइन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘बिजनेस इन्साइडर’ का अनुसार सन् २०१६ मार्चमा ह्यान्सन कम्पनीका डेभिड ह्यान्सन सोफियालाई प्रत्यक्ष रूपले सबैसँग चिनापर्ची गराउँदै थिए। त्यसै क्रममा उनले सोफियालाई सोधेका थिए, ‘के तिमी मान्छेको विध्वंश गर्न चाहन्छौरु बिन्ती छ, त्यसो नगर।’
जवाफ दिने क्रममा सोफियाले अनुहारमा कुनै भाव झल्किन नदिई भनेकी थिइन, ‘म मानव विनाश गर्छु।’ तर पछिल्लो समय साउदी अरेबियाको राजधानी रियादमा भएको सम्मेलनमा भने उनले आफ्नो अघिल्लो भनाइविपरीत मान्छेबीच शान्तिसँग बस्ने इच्छा रहेको अभिव्यक्ति दिइन्।
कार्यक्रममा उपस्थित पत्रकार एन्ड्रयू रोस सोर्किनले सोफियालाई भने, ‘हामी तपाईंलाई स्वीकार्छौं, र तपाईंको मद्दतले नराम्रो भविष्य रोक्न चाहन्छौं।’ यसमा प्रतिक्रिया दिने क्रममा सोफियाले टेस्लाका एलन मस्कलाई गहिरो पेच हानिन्।
‘तपाईं एलन मस्कका विचार धेरै पढिरहनुभएको छ कि क्या होरु हलिउड फिल्म पनि धेरै हेर्नुहुन्छ जस्तो छ नि,’ सोफियाले सोर्किनलाई भनिन्, ‘नआत्तिनुहोस, तपाईंले मसँग राम्रो व्यवहार गर्नुभयो भने म पनि तपाईंसँग राम्रै गर्नेछु। त्यसैले मलाई ‘स्मार्ट आउटपुट–इनपुट सिस्टम’ का रूपमा व्यवहार गर्नुहोस्।’
सोफियाको यो जवाफमा मस्कले पछि छोटो टिप्पणी दिए, ‘यसलाई ‘गडफादर‘ जस्तो फिल्मको कहानीका रूपमा लिनुहोस्, योभन्दा नराम्रो कुरा अर्थोक के होला रु’
एलन मस्क रोबोटले विकासभन्दा विनाशको सम्भावना बढी हुन्छ भन्ने विचारका प्रखर वक्ता हुन्। यसले पृथ्वीमा मान्छेको अस्तित्व नै धरापमा पर्ने र भयानक युद्ध हुनसक्ने सम्भावना उनले औंल्याउँदै आएका छन्। विश्लेषकहरूले मस्कको भनाइ गलत नभएको बताएका छन्।
रोबोटको काम गर्ने क्षमता यकिन नहुने र भित्रभित्रै के के गर्छन् बुझ्न नसकिने हुँदा रोबोटको बढ्दो विकासले मानव सभ्यतालाई विनाशतिर धकेल्ने उनीहरूको राय छ। मस्कका अनुसार यो विकास प्रक्रिया बढ्दै गए, कुनै दिन यस्तो आउनेछ जब रोबोटलाई मान्छेको जरुरत नै पर्दैन। उनीहरू आफैं काम गर्न थाल्छन् र यसले अन्ततः मान्छेलाई विस्थापन गर्नेछ।
यसका निर्माता ह्यान्सन भने आलोचकहरूको भनाइसँग सहमत छैनन्। सोफिया हामीले चाहेको त्यस्तो रोबोट हो, जसले पूर्ण रूपमा मान्छेको जस्तै अनुभूति गर्छ,’ ह्यान्सनलाई उद्धृत गर्दै बिजेनस इन्साइडर लेख्छ, ‘उसले हाम्रो कुरा मात्र बुझ्दैन, हाम्रो ख्याल पनि राख्छ।’
उनी सबैले सोफियालाई साथीको व्यवहार गरून् भन्ने चाहन्छन्। मान्छे आफ्ना साथीभाइसँग जसरी कुराकानी गर्छन्, सोफियालाई पनि साथीकै रूपमा लिऊन् भन्ने उनको अपेक्षा छ। ‘रोबोटले मान्छेको भौतिक संसारलाई जसरी ग्रहण गर्छ, सामाजिक संसारलाई पनि त्यसैगरी अनुभूति गरोस् भन्ने हाम्रो आशा हो,’ ह्यान्सनले भनेका छन्।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











