युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकाले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको र यदि तेहरानले प्रस्तावलाई हल्का लिएमा उसले इरानका सबै पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले इरानले दुई हप्तादेखि जारी युद्धविराम सहमतिका बुँदाहरूको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ भने मध्यस्थकर्ताको अनुरोधमा आफ्नो वार्ता टोली पुनः एक पटक पाकिस्तान जाने बताएका हुन्।
सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा गरिएको आफ्नो ताजा चेतावनीमा राष्ट्रपति ट्रम्पले अगाडी भनेका छन्, “यदि उनीहरू सम्झौताका लागि सहमत भएनन् भने इरानका लागि जे गरिनुपर्ने थियो र अमेरिकाका राष्ट्रपतिहरूले विगत ४७ वर्षदेखि गरेका थिएनन्, त्यो गर्नु मेरो सम्मानको कुरा हुनेछ। सबै ती इरानी पुल चाँडै भत्किनेछन्।”
इरान र अमेरिकाबीच जारी गतिरोधका कारण ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि अवरूद्ध गरिएको छ । तेहरानले हर्मुज जलमार्गलाई पुनः खोल्ने घोषणा शुक्रबार गरेको थियो र यसले विश्व बजारमा उत्साह बढाएको थियो।
यद्यपि, शनिबार फेरि समुद्री यातायातका लागि त्यो मार्ग बन्द भएको इरानले घोषणा गरेको छ। अप्रिल ११ र १२ मा पाकिस्तानमा भएको उच्चस्तरीय वार्तापछि मध्यस्थताको प्रयास जारी रहँदा इरानले अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य नगरेसम्म महत्वपूर्ण समुद्री व्यापार मार्ग नखोल्ने बताएको हो।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












