वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ।
काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित कार्यक्रममा संगठनले वाण्डुङ्ग सम्मेलनको ऐतिहासिक महत्व तथा असंलग्न आन्दोलनको वर्तमान सान्दर्भिकताबारे विस्तृत छलफल गरेको हो।
कार्यक्रममा बोल्दै पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल भूराजनीतिक रूपमा संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै मुलुकले आर्थिक कूटनीतिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
उनले नेपाल कुनै पनि शक्ति राष्ट्रको पक्षमा खुलेर उभिन थालेमा त्यसको गम्भीर प्रभाव पर्न सक्ने र राष्ट्रिय अस्तित्वमै प्रश्न उठ्न सक्ने टिप्पणी गरे।
कार्यक्रममा सरकारले नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ बनाउने भन्दै गरेको अवधारणाप्रति पनि परराष्ट्र क्षेत्रका जानकारहरूले आलोचनात्मक धारणा राखेका थिए। उनीहरूले नेपाल कहिल्यै बफर स्टेट नभएको र भविष्यमा पनि त्यस रूपमा व्याख्या गर्न नसकिने स्पष्ट पार्दै असंलग्न परराष्ट्र नीतिप्रति थप प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली सेनाका पूर्व लेफ्टिनेन्ट जनरल बालानन्द शर्माले वाण्डुङ्ग सम्मेलनले नेपालको स्वतन्त्रता र परराष्ट्र नीतिको आधार मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले वर्तमान अवस्थामा पनि असंलग्न नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्दै नेपाली भूमि कुनै पनि शक्ति राष्ट्रको स्वार्थका लागि प्रयोग हुन नदिनु प्रमुख दायित्व भएको उल्लेख गरे।
त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री शर्मासहित पूर्वराजदूतहरू प्राडा मोहनप्रसाद लोहनी, दिनेश भट्टराई लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा असंलग्न आन्दोलनको महत्व र यसको निरन्तरताबारे विचार–विमर्श गरिएको थियो।
संगठनका महासचिव प्राडा गोपाल पोखरेल ‘विवस’ले कार्यक्रमको संयोजन गर्दै नेपालले असंलग्न परराष्ट्र नीतिमा अडिग रहनु वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा अत्यन्तै आवश्यक रहेको बताए। उनले वाण्डुङ्ग सम्मेलनको भावना र उद्देश्यलाई आत्मसात गर्न सके मात्र नेपालको परराष्ट्र नीति सन्तुलित र प्रभावकारी बन्न सक्ने धारणा राखे।
कार्यक्रममा अफ्रो–एसियाली जनएकता संगठनका उपाध्यक्ष निरज मास्केले यस्ता कार्यक्रमहरूको औचित्य अझै पनि अत्यन्त सान्दर्भिक रहेको भन्दै सरकारले पनि यसलाई अपनत्व लिनुपर्नेमा जोड दिए। सचिव अनु शर्माले स्वागत मन्तव्य राखेकी थिइन्।
वाण्डुङ्ग सम्मेलन सन् १९५५ अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको वाण्डुङ्ग सहरमा एसिया र अफ्रिकाका राष्ट्रहरूको सहभागितामा सम्पन्न ऐतिहासिक सम्मेलन हो, जसलाई एसिया–अफ्रिका सम्मेलनका रूपमा पनि चिनिन्छ। यस सम्मेलनले असंलग्न आन्दोलनको आधारशिला निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...












