आरोही दावाले सगरमाथा आरोहण गर्ने
काठमाडौँ, ९ चैत । नेपाली ब्राण्डका चिया तथा कफीलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले आरोही दावा शेर्पाले यही चैत २० गतेदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुहुने भएको छ ।
दोलखाको गौरीशंकर नगरपालिका–९ सिमीगाउँकी २४ वर्षीया शेर्पाले सगरमाथामा राष्ट्रिय झण्डा फराउँदै त्यहाँको वातावरणमा चिया र कफी तयार गरी अन्य आरोहीलाई वितरण गर्नुहुने छ ।
व्यवस्थापनमा स्नातक तह अध्ययन पूरा गर्नुभएकी शेर्पाको आरोहणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायत व्यवसायी संघ संस्थाले सहयोग गर्ने बताइएको छ । उक्त आरोहण करिब तीन सातामा पूरा गरिने आरोही शेर्पाले जानकारी दिनुभयो । यसअघि उहाँले दोलखाकै छ हजार मिटर अग्लो राम्दुङ हिमाल र पाँच हजार मिटर अग्लो यालुङ हिमाल आरोहण गरिसक्नुभएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले मुलुकको चिया तथा कफी उद्योगको विकासका लागि शेर्पाले गर्ने आरोहण महत्वपूर्ण रहेको बताउँदै बोर्डले आगामी दिनमा उहाँलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । रासस
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...













