गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलालाई जीविकोपार्जनका लागि २० लाख
गौशाला, १२ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलियाका गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाको जीविकोपार्जनका लागि एक संस्थाले आज रु २० लाख प्रदान गरेको छ ।
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोगमा भटौलियाका २० वटा नागरिक सचेतना केन्द्रका सदस्यलाई जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्रत्येक समूहलाई रु एक लाखको दरले २० वटा समूहलाई रु २० लाख प्रदान गरिएको हो ।
संस्थाले आज आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला साहले २० वटै समूहका महिला सदस्यलाई घुम्ती कोषका रुपमा रु २० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
भटौलियामा संस्थाकै सहयोगमा सञ्चालन गरिएको ५२ हप्ते रिफ्लेक्ट कक्षामा सहभागी भएका स्थानीय २० वटै नागरिक सचेतना केन्द्रका महिलाले आफैँले छलफल र निर्णयबमोजिम खोलिएका सानातिना खुद्रा पसल, हाट बजारमा गर्ने पसल, होटल, पशुपालन, हाँस कुखुरा पालन, सिलाइ बुनाइ, कृषिलगायतका व्यवसाय गर्दै आएकामा जीविकोपार्जनका लागि उनीहरुलाई रु २० लाख प्रदान गरिएको हो ।
प्रत्येक समूहले प्राप्त गरेको रकम आफ्नो समूहभित्रका सदस्यमा एक निश्चित तोकिएको अवधिपछि हस्तान्तरण गर्दै जाने र त्यसमा सानो आकारको ब्याजसहित उपलब्ध गराउने व्यवस्था छ ।
यसरी गरीब, दलित, अल्पसंख्यक र पिछडिएका महिलाले संस्थालाई नफर्काउने गरी आफ्नो जीविकोपार्जनका लागि संस्थाबाट रु २० लाख घुम्ती कोषका रुपमा पाएर निकै खुशी भएका छन् ।
रासस
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












