साठी रूसी कूटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ चैत । विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० कुटनीतिज्ञलाई निष्कासन गरेको छ ।
अमेरिकाले यसै सन्दर्भमा सिटलस्थित रूसी महाबाणिज्यदूतावासलाई बन्द गराउने पनि निर्णय गरेको छ ।
पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रकरणमा बेलायतलाई साथ दिने अमेरिकी नीति अनुरुप उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।
अमेरिकी ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकिएको जनाएको छ । निष्कासन भएका रूसी अधिकारीले आगामी एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने गरी अमेरिकाको योे निर्णय आएको नाम गोप्य शर्तमा अमेरिकी अधिकारीले बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उहाँको प्रशासन विरुद्ध अमेरिकी प्रशासनले गरेको यो महत्वपूर्ण र कडा कदम हो ।
रूसी राष्ट्रपतिमा हालै निर्वाचित पुटिनलाई भण्डै एक हप्ता अघिमात्र फोनमार्फत वधाई ज्ञापन गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समय स्क्रिपालको मुद्दाबारे कुनै प्रसङ्ग उठाउनुभएको थिएन ।
यसले कतै ट्रम्प क्रेम्लिन प्रशासनप्रति निकै नरम त हुनुभएको होइन भन्ने प्रश्न उब्जाएको थियो । यसै विषयमा बेलायतले यस पहिले नै २३ जना रसियाली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो भने जर्मनी र फ्रान्सले पनि पनि सोमबार नै चार चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् ।
यसैगरी यूरोपेली यूनियनका सदस्य रहेका अन्य राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीति अनुरुप कडा कदम चाल्न सहमत भएका ब्रसेल्समा भेला भएका इयू सदस्य राष्ट्रका नेताहरूले बताएका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













