१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
काठमाडौँ, १३ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ ।
न्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो ।
रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले जानकारी गराउनुभयो ।
यसअघि ती गाउँपालिकामा निमित्तले प्रमुख प्रशासकीय अधिकृतको काम सम्भाल्दै आएका थिए ।
गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।
खटाइएका प्रमुख प्रशासकीय अधिकृत जाजरकोट, भोजपुर ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुपाञ्चोक, बझाङ, डोटी, अछामलगायतका रहेका छन् ।
उहाँका अनुसार खटाइएका कर्मचारी मन्त्रालयबाट पत्र लिई भोलिदेखि नै सम्बन्धित स्थानीय तहमा जाने छन् ।
शाखा अधिकृत थापाका अनुसार अझै ४० गाउँपालिकामा निमित्तले प्रशासकीय प्रमुखले काम चलाइरहेका छन् ।
मुलुकभर २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । अपुग स्थानमा थप कर्मचारीलाई विस्तारै पठाइने छ । मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्मका लागि आन्तरिक व्यवस्थापनका लागि कर्मचारी स्थानीय तहमा खटाएको हो । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












