प्रधानमन्त्री ओलीको भारत भ्रमणमा आर्थिक विषयमा कुराकानी हुन्छ : डा. भट्टराई

काठमाण्डौ १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने एमाले नेता डा. राजन भट्टराईले बताएका छन् ।
आगामी चैत २३ गते ओली भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । पछिल्लो समय प्रधानमन्त्रीओलीको टिममा रहेर काम गरिरहेका भट्टराईका अनुसार भ्रमणको गृहकार्य भइरहेको जनाएको छ ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा नेपाल भारत प्रवुद्ध समूहका सदस्य समेत रहेका भट्टराईले उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालमा लगानी गर्नेबारे थोरै विषयमा धेरै महत्वपूर्ण उपलब्धि हाँसिल गर्नेगरी कुरा गर्नुहुन्छ ।’
उनले अघि भने, विगतमा भएका तितामिठा कुराहरुको अन्त्य हुनेछ, अब हामी पारस्परिक हित र सम्मानका साथ अघि बढ्छौं । एक अर्काको जायज चासोलाई सम्बोधन गर्छौं ।’
भारतसँग पूर्वाधार विकासमा जोड दिन चाहेको उनले बताए । हवाई, विद्युत, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुने भन्दै उनले भने, प्रधानमन्त्रीको दृष्टिकोण पनि धेरै कुरामा हात हाल्नेभन्दा महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने रहेको छ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्नेबारेमा विशेष महत्व दिनुपर्ने बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












