प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना

काठमाडौंँ १४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।
सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ठूलोको सवाल होइन, जति ठूलो वा जति सानो संख्या भए पनि प्रतिपक्ष नै हो, प्रतिपक्षलाई बेवास्ता गरेर चल्यो भने भविष्यमा सत्ता पक्ष प्रतिपक्षमा जानु पर्नेहुन्छ, यो कुरालाई सत्ता पक्षले बुझेको हुनुपर्दछ ।’’
राष्ट्रियसभाले हरेक कुरामा प्रतिनिधिसभालाई पर्खेर बस्ने भन्ने होइन भन्दै उहाँले समान हैसियत भएकाले राम्रो नतिजाका लागि प्रतिस्पर्धा गरेर काम गर्ने अठोट व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाले मतदाताप्रति उत्तरदायी बन्न स्थानीय तह र प्रदेशसभाका समस्यालाई प्रखररुपमा उठाउने बताउँदै अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहले कानून नपाएर काम गर्न नपाएको अवस्थालाई दृष्टिगत गरी प्राथमिकीकरण गरेर कानून निर्माण गरिने छ भन्नुभयो ।
उहाँले भन्नुभयो–‘‘जनप्रतिनिधिका आवाज जनताले थाहा पाउने ढंगबाट राष्ट्रियसभाका गतिविधिसम्बन्धी समाचार सम्प्रेषण होस् । राष्ट्रियसभालाई सञ्चारमैत्री बनाउन हरप्रयास हुनेछ । जनतालाई सुसूचित गर्ने विषयमा ध्यान दिइने छ ।’’
राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि नै आफूले नेकपा ९एमाले०का साधारण सदस्य समेतबाटै राजीनामा दिएको कुरासमेत उहाँले सो अवसरमा जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












