नेता खुमबहादुर खड्काको निधन
काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको साे अस्पताले जनाएको छ।
अपोलो अस्पतालमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्। अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्कालाई बचाउन नसकेकोमा दुख व्यक्त गरे। यता नेपाली कांग्रेसले पनि खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टि गरेका हुन् ।
नेताहरूद्वारा दुःख व्यक्त
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आजै साँझ शोक विज्ञप्ति प्रकाशित गरी नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका, लामो समय प्रवास र जेल जीवन व्यतित गरेका नेता खड्काको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध भएको बताएका छन् ।
यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको खबरले आफूहरूलाई स्तब्ध बनाएको बताएका छन् ।
आज भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५ः१५ बजे उनको निधन भएको थियो । उनी मिर्गौला, छाती र नसासम्बन्धी समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उनलाई नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












