न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड बनाइने
काठमाडौँ, २६ चैत कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताउनुभएको छ ।
मन्त्रालयमा आज पत्रकारसँगको भेटमा उहाँले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताउनुभयो ।
‘‘राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे छन् भने पनि न्यायाधीशमा नियुक्त हुन सक्छ ’’, उहाँले भन्नुभयो, ‘‘तर त्यो नियुक्तिपछि त्यस्ता व्यक्तिले स्वतन्त्र ढंगले काम गर्नुपर्छ ।’’
उहाँले न्यायाधीशलाई इजलासमा बसेर ढुक्कका साथ फैसला गर्ने वातावरण बनाइने स्पष्ट पार्नुभयो । मन्त्री तामाङले भ्रष्टाचार निवारण ऐन २०५९ र न्यायपरिषद् ऐनलाई संशोधन गरी सांसद, स्थानीय जनप्रतिनिधि र न्यायाधीशले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउन थालिएको समेत जानकारी दिनुभयो । उहाँले न्यायाधीशको उमेर सम्बन्धमा विवाद नआओस् भन्नाका लागि अहिलेका न्यायधीशका जन्ममितिको फाइल हेरिने बताउनुभयो ।
फैसलापछि फैसलाको पूर्णपाठ आउन महिनौँ लाग्ने परम्पराको अन्त्य गरिने उहाँको भनाइ थियो । ‘‘न्यायालयमा जनशक्ति थपेर फैसलाको पूर्णपाठ अब १० देखि १५ दिनभित्र उपलब्ध गराउने योजना छ’’, उहाँले भन्नुभयो,‘‘फैसला भए पनि पीडितले न्याय नपाउने भन्ने कुराको अन्त्य गरिनेछ ।’’
मन्त्री तामाङले विकास आयोजना चाँडो सम्पन्न गर्न त्यससम्बन्धी मुद्दा चाँडो टुङ्याइने बारे पनि छलफल भइरहेको जानकारी दिनुभयो । (रासस)
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...













