नयाँ आइजीपी बिबादला्ई सरकारले टुंग्याउन सकेन

काठमाण्डौ २७, चैत । मन्त्रिपरिषद्को आजको बैठकले महानिरीक्षक नियुक्तिको विषयलाई टुंग्याउन सकेको छैन । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख आइजीपी नियुक्तिबारे बैठकमा कुनै पनि निर्णय गर्न नसकेको हो । नेपाल प्रहरीका ७ एआइजीको म्याद २८ चैत्रमा सकिने भएसँगै सरकारले प्रहरी नायव महानिरीक्षक डिआइजीबाट आइजीपीमा नियुक्ति गर्ने तयारी गरेको थियो भने सशस्त्र प्रहरीका आइजीपीको पनि म्याद सकिँदैछ ।
नेपाल प्रहरीमा यतिबेला तीन डिआईजीहरु आइजीपीको लागि दाबेदार छन् भने सशस्त्र प्रहरीमा भने दुईजना दाबेदार रहेका छन् । प्रहरीमा डिआइजीहरु पुष्कर कार्की, रमेश खरेल र सर्वेन्द्र खनाल आइजीपी बन्ने प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै गरी सशस्त्र प्रहरीमा एआइजीद्वय शैलेन्द्र खनाल र पुष्पराम केसी आइजीपीका दाबेदार रहेका छन्। सशस्त्रमा भने खनाल अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन् ।
आइजीपी छनौटको विषयमा चर्चा भए पछि गृहमन्त्रालयले सिफारिस समिति गठन गरेको छ । सो समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले आइजीपी नियुक्त गर्ने बताइएको छ । समितिले सोमबार डिआइजीको प्रमाणपत्र र व्यक्तिगत विवरण मागेको बताइएको छ ।
प्रधानमन्त्री केपी ओली भने बरिष्ठता र कार्यसम्पादन क्षमताका आधारमा आइजीपी नियुक्ति गर्ने योजनामा रहेका छन् । २८ चैत्र दुवै महानिरीक्षकको म्याद सकिँदैछ । तर मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यस विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन । अघिल्लो दिनको बैठकलेसमेत कुनै निर्णय गर्न नसकेपछि कनिष्ठ र बरिष्ठको चलखेल बढ्न सक्ने अवस्था आउन आंशका गरिएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












