रासायनिक आक्रमणबारे अमेरिकाको रूसलाई चेतावनी
वासिङ्टन, संयुक्त राज्य अमेरिका, २८ चैत । सिरियामा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरूप ‘क्षेप्यास्त्र प्रहार गरिन सक्ने’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुधबार बताउनुभएको छ ।
ट्रम्पको उक्त चेतावनी सिरियाको रसायनिक हतियार आक्रमणमा रूसको सहयोग रहेको आशंकामा रूसलाई लक्षित गरेर आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
मस्कोसँगको जारी बढ्दो विवादमा उर्जा थप्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमा सिरियामा अहिलेसम्मकै कडा सैन्य कारबाही गरिने तयारी रहेको बताउनुभयो ।
ट्रम्पको ट्वीटमा लेखिएको छ, “रूसले सिरियामा गरिने हरेक क्षेप्यास्त्रलाई बीचमै खासालिदिने बताएको छ । रूस तयार होस् । तिनीहरू (क्षेप्यास्त्रहरू) नयाँ, राम्रो तथा तीब्ररूपमा आउने छन् । आफ्नै जनतालाई जनावर मार्ने विषाक्त रसायनको प्रयोगले नास गर्ने सिरियाको सहयोगी रूस हुने छैन ।”
दमास्कसले सिरियामा ‘आतङ्कवादी’लाई सघाएको भनी लामो समयदेखि वासिङटनमाथि आरोप लगाउँदै आएको छ भने अमेरिकाले वसर अल असद सरकारको विरोध गर्ने प्रतिपक्षी समूहमाथि नै आक्रमण गरेको भन्दै प्रजातान्त्रिक विद्रोही समूहलाई अप्रत्यक्ष सहयोग पु¥याउँदै आएको छ ।
यसैबीच सिरियाली प्रशासनले भने अमेरिकाजस्ता मुलुकबाट आउने यस्ता गैरजिम्मेवार अभिव्यक्तिबाट आश्चर्यमा नपर्ने बताएको सिरियाली विदेशमन्त्रालयलाई उद्धृत गर्दै यहाँको राज्य सञ्चालित समाचार संस्था साना न्यूज एजेन्सीले बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प तथा अन्य पश्चिमी नेताहरूले शनिबार गुटाको डुमा क्षेत्रमा ४० जनाको ज्यान जाने गरी र करिब ५०० जना प्रभावित हुनेगरी गरिएको आक्रमणको शीघ्र तथा दवावपूर्ण प्रतिक्रिया दिने प्रतिवद्धता जनाइसकेका छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मङ्गलबार सिरियाबारे कूटनीतिक समाधान निकाल्न गरेको प्रयास मस्को र वासिङ्टनबीच सिरियामा भएको रासायनिक हतियार प्रयोगबारे अन्तर्राष्ट्रिय अनुसन्धानका लागि आएको फरक फरक मतका कारण असफल भएको थियो ।
ट्रम्पले अर्को एक ट्वीटमा अमेरिका र रूसबीचको सम्बन्धमा शीतयुद्ध र त्यसपछिका दिनमा नै अत्यन्त्यै बिग्रेको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












