परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बुढीगण्डकी जलविद्युत आयोजनाबारे छलफल नहुने

काठमाडौं, ३ वैशाख । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने बताएका छन् ।
परराष्ट्र मन्त्री ज्ञवालीले मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गरी बुढिगण्डकी लागयत पुर्ववर्ती सरकारले गरेका निर्णय र कामबारे वर्तमान सरकारले अध्ययन गरिरहेकाले त्यसवारे अहिले नै कुनै निर्णय नगर्ने स्पष्ट पारेका हुन् ।
उनले यसअघि चिनसँग भएका सहमति, सम्झौता र सहयोगका बारेमा बृहद छलफल गर्ने बताए । ज्ञवाली आज साँझ ५ दिने चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
उनले पहिलो पटक केपी ओली प्रधानमन्त्री भएका बेला बेइजिङमा भएको पारवहन सम्झौताको डकुमेन्ट गत अगस्तमा मात्रै बुझाएको र उक्त प्रतिवेदनबारे अध्ययन भइरहेको पनि जानकारी दिनु भयो ।
उनले तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा आफ्नो भ्रमण केन्द्रीत रहने समेत बताए । ‘तातोपानी, चिलेमे, केरुङ र कोरला नाका खुलाउने विषयमा धेरै कुराको दुईपक्षीय रुपमा पहचिान भइसकेको छ अव ति विषयलाई कसरी छिटो निश्कर्षमा पुरयाँउन सकिन्छ भन्नेमा यो भ्रमण केन्द्रीत हुन्छ’ मन्त्री ज्ञवालीको भनाई छ ।
तातोपानी नाका खुलाउने प्रयास यसअघि नै भएपनि डाँडो नै हल्लिएकाले सो नाका खुलाउन केहि समय लाग्न सक्ने भएकाले अरु नाका चाडो खुलाउन पहल गरिने उनको भनाई छ । त्यस्तै भ्रमणका बेला नेपालमा भएको तीनै तहको चुनावबारे चिनियाँ पक्षलाई जानकारी गराउने तयारी गरेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै परराष्ट्र मन्त्री ज्ञवालीले २०१८ उच्चस्तरीय भ्रमणको बर्षको रुपमा रहने भन्दै नेपालका प्रधानमन्त्री चीन जाने र चिनियाँ उच्चपदाधिकारीहरु यो बर्ष नेपाल आउने दावी समेत गरे । नेपालले दुई छिमेकी देशबीच पन्चशीलकै आधारमा सम्बन्ध विस्तार गर्ने मन्त्री ज्ञवालीले सुनाए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












