प्रदेश समितिका लागि आज पनि मनोनयन
काठमाडौँ, ९ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ ।
यसअघि गत शुक्रबार मनोनयन गरिएकामा आज पुनः उम्मेदवारको मनोनयनका लागि म्याद थपिएको हो ।
अहिले १० बजेबाट दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयनका लागि समय तोकिएको केन्द्रीय निर्वाचन समिति सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए । निर्वाचन समितिले शुक्रबार मनोनयनमा छुट भएका असन्तुष्ट पक्षधरलाई समेट्नका लागि आज पनि मनोनयनको समय छुट्याइएको हो ।
प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएपछि क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघलगायतले असन्तुष्टि जनाउँदै निर्वाचन कार्यालयमा ताला लगाएका थिए ।
यही वैशाख २२ गते सात भौगोलिक प्रदेश र उपत्यका, एशोसिएट तथा प्रतिष्ठान गरी १० प्रदेशमा २१ सदस्यीय प्रदेश समितिको निर्वाचन हुँदैछ ।
निर्वाचनमा पत्रकार महासंघका साधारण सदस्यले मतदान गर्ने छन् । पहिलो पटक प्रदेश समितिको निर्वाचन हुन लागेको हो ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...













