प्रदेश ४ को नाम गोरखा राख्न सुझाव, नामाङ्कनका लागि सुझाव संकलन गर्दे

गोरखा,९ वैशाख। प्रदेश ४ को राजधानी तथा नामाङ्कनका लागि सुझाव संकलन गर्न यतिबेला प्रदेश सांसदको टोली विभिन्न जिल्लामा खटिएको छ । प्रदेशसभाले राजधानी तथा नामांकनका लागि सुझाव संकलन गर्न सांसदहरुको टोली बनाइ जिल्लाजिल्लामा खटाएको हो ।
गोरखा जिल्लामा खटिएको टोलीले आइतबार सदरमुकाममा छलफल कार्यक्रम राख्यो । छलफलमा सहभागी अधिकांशले प्रदेशको नाम गोरखा राख्न सुझाव दिएका छन् ।
कार्यक्रमका सहभागीहरुले सुझाव संकलनको औपचारिकता पूरा गर्नमात्र खोजिएको भन्दै सांसदहरुसँग आक्रोश पोखेका छन् । ‘भित्रभित्रै पहिले नै नामाकरणको टुङ्गो लगाइसक्ने अनि अहिले श्राद्ध गरेजस्तो गरेर सुझाव संकलन गर्न आउने,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने ।
सुझाव संकलन गोर्खाली जनताको आखामा छारो हाल्ने काम मात्र भएको उनले बताए । प्रदेश ४ को नाम गोरखा प्रदेश राख्न पनि उनले सुझाव दिएका छन् । ‘गोरखाका सांसद भएकाले गोरखाबाहेक अन्य नाम राख्न तपाईंहरुलाई नैैतिकताले दिदैन,’ सुझाव संकलन गर्न आएका गोरखाका सांसदहरुलाई पन्तले भने ।
कानुन व्यवसायी स्थानेश्वर दुवाडीले सुझाव संकलन कर्मकाण्डी मात्रै भएको बताए । ‘औपचारिकता लागि मात्र यो कार्यक्रम भएको हो, हामीले सुझाव दिए पनि नदिए पनि केही हुने वाला छैन,’ उनले भने । उनले सम्भव भएसम्म प्रदेशको नाम गोरखा राख्न सुझाव दिए । ‘नेपाल एकीकरणको थलो र वीर गोर्खालीले विश्व सामु नेपालीलाई चिनाएको परिचय कसरी भुल्न सकिन्छ,’ उनले भने ।
नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले नेपालको पुरानो राजधानी गोरखा भएकाले त्यसको पहिचान कायम राख्न प्रदेशको राजधानीसमेत गोरखामै राख्न उचित हुने बताए ।
सांसद आचार्यले आइतबार प्रदेश ४ का सबै जिल्लामा सु्झाव संकलन भइरहेको जानकारी दिँदै जिल्लाहरुबाट आएको सुझावको आधारमा प्रदेशको नाम र राजधानी टुंगो लगाइने बताए ।
सुझाव संकलनका लागि आएका प्रदेश सांसद हरिशरण आचार्य र सरिता गुरुङले प्रश्नावलीमार्फत पनि जिल्लावासीको सुझाव संकलन गरेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












