कर्मचारीले मागे आवासदेखि खाजासम्मको माग, मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

पोखरा, १० वैशाख । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती समिति प्रदेश ४ ले प्रदेश निजामती कर्मचारी अस्पताल निर्माण लगायतका १५ बुँदे माग मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बुझाएको छ ।
ज्ञापन पत्रमा निजामती कर्मचारीका बालबच्चा पढाउन निजामती विद्यालय, सबै स्थानीय तहमा कर्मचारी आवास, सञ्चयकोषको बोनस कोषका कर्मचारी र सञ्चयकर्तालाई समान हुनुपर्ने, कर्मचारीलाई खाजाको व्यवस्था गर्न पनि माग गरिएको छ ।
त्यस्तैगरी, संगठनले महिला कर्मचारीका लागि स्तनपान कक्ष, १८० दिन भन्दा बढी काम गरेपछि बिदाको रकम दिनुपर्ने, निर्वाचनमा मताधिकारको ब्यवस्था हुनुपर्ने, राष्ट्र बैंकका कर्मचारीसरह सुविधा, लामो समयसम्म बढुवा नभएका कर्मचारीलाई मानार्थ उपल्लो श्रेणीमा बढुवा हुने अवसर प्रदान गर्नुपर्ने माग पनि राखेको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले कर्मचारी संगठनले उठाएका जायज मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्रदेश सरकारले पूरा गर्नसक्ने मागहरु यहीँ पूरा गर्छौं, संघीय सरकारलाई पठाउनुपर्ने माग उतै पठाइदिन्छौं ।’
करारमा रहेका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, निजामती सेवा ऐन बमोजिम अवकास योजना अविलम्व लागू गर्नुपर्ने माग पनि गरिएको छ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












