विलियम्स र केटलाई पुत्रलाभ
लण्डन, १० वैशाख। बेलायतकी राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।
‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार बिहान ११ बजेर १ मिनेटको समयमा आफ्नो तेस्रो सन्तानका रूपमा केटबाट पुत्रलाभ भएका विज्ञप्तिमा उल्लेख छ ।बेलायतको केन्सिङ्टन प्यालेसले शिशुको तौल ३.८ किलोग्राम रहेको र नवशिशु र आमा दुवै स्वस्थ रहेको पनि अस्पताल स्रोतले जनाएको छ ।
नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहनुहुनेछ ।
गएको जुलाई २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो भने त्यसको दुई वर्षपछि मे २०१५ मा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो ।
राजपरिवारमा नयाँ सदस्यको जन्मभएको खबरले बेलायती नागरिक हर्षित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...













