पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी
रत्ननगर, चितवन, १२ वैशाख । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाले ।
सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार भयो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा निःशुल्क उपचार गरेपछि उनले आँखा देख्न थाले । अहिले पुरानै पेशा माछा मारेर आफ्नो गुजारा गर्दै छन् माझी ।
सल्यानटारको नर्सिङधाम आँखा उपचार केन्द्रका नेत्र सहायक रामबाबु कँडेल भन्छन्, “दुई दिनअघि भेट भएको थियो, उनले मजाले माछा मार्दै छन् ।” पुरानै पेशामा फर्किएको देख्दा खुशी भएको उनी बताउछन् ।
चैतको २० गते चितवनको पदमपुरमा आँखा शिविर हुँदा धेरै वृद्धवृद्धामा मोतियाविन्दु देखियो । पूर्वी चितवनको पदमपुरकी ५२ वर्षीया चित्रकुमारी चौधरी, ६५ वर्षीया खुंकी थरुनी, रुपमायाँ तिमिल्सिना, ६२ वर्षीया फगुना महत्तो, ६५ वर्षीया न्याउरी महत्तो, ६८ वर्षीया राती महत्तोलगायत नौ जनाको पनि भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरी आँखा देखाएर पठायो ।
“असहाय र गरीबलाई हामी खोजीखोजी ल्याउँछौँ र उपचार गर्छाैं”, नेपाल नेत्रज्योति संघका सदस्य केशव अधिकारीले भने, “कहीँ कतै फेला परे ल्याइदिए हुन्छ, उनीहरुलाई आँखा देखाएर पठाउँछौँ ।”
गएको चैत महिनामा पनि चितवनको देवघाटमा बस्ने १२ जना वृद्धवृद्धाको उपचार भयो । उनीहरुको आधा रकम नेत्रज्योति संघ चितवनका कार्यवाहक सभापति कृष्णराज धरेलले सहयोग गरे । आधा रकम भने अस्पतालले सहयोग गरेर उनीहरु आँखा देख्ने भएर फर्किए ।
कालिका नगरपालिकाका ८० वर्षीय टनबहादुर परियार होस् या खैरहनीका ६० वर्षीय मनकुमारी चौधरी, भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेपछि अहिले आँखा देख्ने भएका छन् । उनीहरुका लागि हातबाट शल्यक्रिया गर्दा रु ६ हजार ८१० लाग्छ मने आधुनिक मेसिनबाट गर्दा रु १२ हजार ६१० पर्छ । यति रकम जुटाउन धौधौ पर्नेहरुले निःशुल्क सेवा पाउँदा खुशी हुने गरेका छन् ।
भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे भन्छन्, “मोतियाविन्दु भएर आएका बिरामीलाई पैसा छैन भनेर हामी फिर्ता पठाउँदैनौँ ।”उनका अनुसार अन्य बिरामीलाई समेत सहुलियतमा सेवा दिने गरिएको छ ।
अघिल्लो वर्ष भरतपुर आँखा अस्पतालले तीन हजार ५२२ जना विपन्नको आँखाको शल्यक्रिया गरेको छ । त्यसमा दुई हजार १६ जनाले निःशुल्क सेवा पाएका छन् भने एक हजार ५०६ जनाले ५० प्रतिशत छुटमा सेवा पाएका छन् ।
अघिल्लो वर्ष अस्पतालमा एक लाख सात हजार ५३९ जनाको आँखा परीक्षण भएको थियो । जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित नौ वटा आँखा उपचार केन्द्रमा २८ हजार ५६ जनाले सेवा पाएको र विभिन्न आँखा शिविरबाट २४ हजार ७७६ जनाले सेवा पाएको तथ्यांक आँखा अस्पतालसँग छ । कूल गरेर एक लाख ६० हजार ३७१ जनाले सेवा पाएको सूचना अधिकारी घिमिरे बताउछन् । त्यसमा सात हजार ४२३ जनाको शल्यक्रिया भएको तथ्यांक छ ।
नेपाल नेत्रजयोति संघले विभिन्न तालीम, जानकारी तथा प्रशिक्षणका कार्यक्रमसमेत गरेर आँखा सुरक्षाबारे जानकारी दिने गरेको संघका कार्यवाहक सभापति कृष्णराज धरेल बताए ।
देशमा ३८ वटा शाखा भएको नेत्रज्योति संघबाट देशका विभिन्न क्षेत्रमा १८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । ८० वटा बढी आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के नेपालमा आँखाका बिरामीमध्ये ९० प्रतिशतलाई संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट सेवा दिने गरिएको दाबी गर्नुहुन्छ । ती अस्पतालमा सेवा प्रभावकारी र सस्तो भएकाले भारत, बंगलादेश र भुटानका बिरामी समेतले उपचार लिने गरेको मास्के बताउछन् ।
उनले सरकारले गर्न नसकेको काम दाताहरुको सहयोगमा गरिरहेको बताए । ठाउँठाउँमा आँखा बैंकसमेत शुरु गरेको संघले गएको एक वर्षमा देशभर गरेर कूल दुई करोड ७७ लाख ३२ हजार १८६ लाई ओपिडी सेवा दिएकामा ३७ लाख २८ हजार ६२२ जनाको शल्यक्रिया भएको तथ्यांक छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...













