पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी
रत्ननगर, चितवन, १२ वैशाख । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाले ।
सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार भयो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा निःशुल्क उपचार गरेपछि उनले आँखा देख्न थाले । अहिले पुरानै पेशा माछा मारेर आफ्नो गुजारा गर्दै छन् माझी ।
सल्यानटारको नर्सिङधाम आँखा उपचार केन्द्रका नेत्र सहायक रामबाबु कँडेल भन्छन्, “दुई दिनअघि भेट भएको थियो, उनले मजाले माछा मार्दै छन् ।” पुरानै पेशामा फर्किएको देख्दा खुशी भएको उनी बताउछन् ।
चैतको २० गते चितवनको पदमपुरमा आँखा शिविर हुँदा धेरै वृद्धवृद्धामा मोतियाविन्दु देखियो । पूर्वी चितवनको पदमपुरकी ५२ वर्षीया चित्रकुमारी चौधरी, ६५ वर्षीया खुंकी थरुनी, रुपमायाँ तिमिल्सिना, ६२ वर्षीया फगुना महत्तो, ६५ वर्षीया न्याउरी महत्तो, ६८ वर्षीया राती महत्तोलगायत नौ जनाको पनि भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरी आँखा देखाएर पठायो ।
“असहाय र गरीबलाई हामी खोजीखोजी ल्याउँछौँ र उपचार गर्छाैं”, नेपाल नेत्रज्योति संघका सदस्य केशव अधिकारीले भने, “कहीँ कतै फेला परे ल्याइदिए हुन्छ, उनीहरुलाई आँखा देखाएर पठाउँछौँ ।”
गएको चैत महिनामा पनि चितवनको देवघाटमा बस्ने १२ जना वृद्धवृद्धाको उपचार भयो । उनीहरुको आधा रकम नेत्रज्योति संघ चितवनका कार्यवाहक सभापति कृष्णराज धरेलले सहयोग गरे । आधा रकम भने अस्पतालले सहयोग गरेर उनीहरु आँखा देख्ने भएर फर्किए ।
कालिका नगरपालिकाका ८० वर्षीय टनबहादुर परियार होस् या खैरहनीका ६० वर्षीय मनकुमारी चौधरी, भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेपछि अहिले आँखा देख्ने भएका छन् । उनीहरुका लागि हातबाट शल्यक्रिया गर्दा रु ६ हजार ८१० लाग्छ मने आधुनिक मेसिनबाट गर्दा रु १२ हजार ६१० पर्छ । यति रकम जुटाउन धौधौ पर्नेहरुले निःशुल्क सेवा पाउँदा खुशी हुने गरेका छन् ।
भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरे भन्छन्, “मोतियाविन्दु भएर आएका बिरामीलाई पैसा छैन भनेर हामी फिर्ता पठाउँदैनौँ ।”उनका अनुसार अन्य बिरामीलाई समेत सहुलियतमा सेवा दिने गरिएको छ ।
अघिल्लो वर्ष भरतपुर आँखा अस्पतालले तीन हजार ५२२ जना विपन्नको आँखाको शल्यक्रिया गरेको छ । त्यसमा दुई हजार १६ जनाले निःशुल्क सेवा पाएका छन् भने एक हजार ५०६ जनाले ५० प्रतिशत छुटमा सेवा पाएका छन् ।
अघिल्लो वर्ष अस्पतालमा एक लाख सात हजार ५३९ जनाको आँखा परीक्षण भएको थियो । जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित नौ वटा आँखा उपचार केन्द्रमा २८ हजार ५६ जनाले सेवा पाएको र विभिन्न आँखा शिविरबाट २४ हजार ७७६ जनाले सेवा पाएको तथ्यांक आँखा अस्पतालसँग छ । कूल गरेर एक लाख ६० हजार ३७१ जनाले सेवा पाएको सूचना अधिकारी घिमिरे बताउछन् । त्यसमा सात हजार ४२३ जनाको शल्यक्रिया भएको तथ्यांक छ ।
नेपाल नेत्रजयोति संघले विभिन्न तालीम, जानकारी तथा प्रशिक्षणका कार्यक्रमसमेत गरेर आँखा सुरक्षाबारे जानकारी दिने गरेको संघका कार्यवाहक सभापति कृष्णराज धरेल बताए ।
देशमा ३८ वटा शाखा भएको नेत्रज्योति संघबाट देशका विभिन्न क्षेत्रमा १८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । ८० वटा बढी आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के नेपालमा आँखाका बिरामीमध्ये ९० प्रतिशतलाई संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट सेवा दिने गरिएको दाबी गर्नुहुन्छ । ती अस्पतालमा सेवा प्रभावकारी र सस्तो भएकाले भारत, बंगलादेश र भुटानका बिरामी समेतले उपचार लिने गरेको मास्के बताउछन् ।
उनले सरकारले गर्न नसकेको काम दाताहरुको सहयोगमा गरिरहेको बताए । ठाउँठाउँमा आँखा बैंकसमेत शुरु गरेको संघले गएको एक वर्षमा देशभर गरेर कूल दुई करोड ७७ लाख ३२ हजार १८६ लाई ओपिडी सेवा दिएकामा ३७ लाख २८ हजार ६२२ जनाको शल्यक्रिया भएको तथ्यांक छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












