प्रतिव्यक्ति आयमा सुधार, एक नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर पुग्यो

काठमाडौं,१२वैशाख । नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको तथ्यांक सार्वजनिक गरिएको छ ।
आर्थिक वर्ष २०७३र७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।
एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ । यद्यपि, जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ । राष्ट्रिय योजना आयोगले केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन ।
तर, त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको हो । विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान समेत गरेको छ ।
केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४।९ प्रतिशत र विश्व बैंकले ४।६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।
यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको छ । विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि छ ।
आर्थिक वर्ष २०७४र७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७.६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












