राजन भट्टराईले भने ः मोदी र सी जिनपिङबीच नेपालबारे चर्चा हुन्छ

काठमाडौं,१२ वैशाख । नेपाल भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले त्रिदेशीय साझेदारीबारे अब दिल्ली र बेइजिङमा पनि बहस सुरु भएको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भट्टराईले साझेदारीबारे बहस हुने बताएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदी शुक्रबार चीन जाँदैछन् । ‘नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी हुुनुपर्छ भनेर अब काठमाडौंमा मात्रै नभएर दिल्ली र बेइजिङमा पनि छलफल हुने भएको छ’ एमाले नेता भट्टराईले भने, ‘मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच नेपालबारे चर्चा हुन्छ ।’
भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमण आकस्मिक रुपमा तय भएको उल्लेख गरेका छन् ।
यसअघि भारत र चीनबीच नजानिँदो प्रतिष्पर्धा रहेको भए पनि अब सम्बन्ध सुध्रिने बाटोमा गएको भन्दै उनले भने, ‘त्रिदेशीय सहकार्यप्रति भारत सकारात्मक बनेको छ, यो खुशीको कुरा हो, हामीले दुवै छिमेकीहरुसँग लाभ लिन सक्नुपर्छ ।’
उनले मोदीको नेपाल भ्रमण राजकीय हुने स्पष्ट पारे । भट्टराईले अघि थपे ‘प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा द्विपक्षीय सम्बन्धमा देखिएका अविश्वास हटेका छन् । अब नेपाल(भारतबीच रहेका सबै खाले अविश्वास अब पूर्ण रुपमा हट्ने मैले विश्वास लिएको छु ।’
मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रोको शिल्यान्यास र काभ्रेको धुलिखेलमा प्रहरी प्रतिष्ठानको शिल्यान्यास हुने जनाए । मोदीले संघीय संसदमा सम्बोधन गर्ने सम्भावना कम रहेको उनको भनाइ थियो ।
पूर्वराजदूत डा. दुर्गेशमान सिंहले मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभुतपूर्व हुने बताएका छन् । मोदीले नै दुई देशबीच रहेको उच्चस्तरीय भ्रमण आदानप्रदानको खडेरी समाप्त पारेको सिंहले बताए ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











