जबर्जस्ती करणीको फैसला उल्टियो
बागलुङ, १३ वैशाख । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ ।
फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् । उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन् ।
न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले गत चैत २६ मा उक्त फैसला गरेको हो । यसअघि गत असारमा जिल्ला अदालतले जबर्जस्ती करणी गरेको प्रमाण नजुटेको भन्दै अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो । विसं २०७३ पुसमा छिमेकी ६५ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा अर्गेजामाथि जिल्ला अदालतमा मुद्दा परेको थियो ।
पीडित महिलाले किटानी जाहेरी दिएपछि अर्गेजा विसं २०७३ माघ १ गते पक्राउ परेका थिए । अदालतको थुनछेक आदेशबाट उनी माघ १९ गते धरौटीमा छुटेका थिए । जिल्ला अदालतबाट विसं २०७४ असारमा सफाइको फैसला आएपछि पीडित महिलाले उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएकी थिइन् ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पुनरावेदन गर्नुपरेको पीडित महिला र उनका परिवारजनले जनाएका छन् । नयाँ फैसलापछि पीडित पक्षले न्यायको अनुभूति गरेका छन् । पुनरावेदन परेपछि इजलासमा भएको बयानका क्रममा अभियुक्त अर्गेजाले जबर्जस्ती करणी गरेको स्वीकार गरेका थिए । यथेष्ट प्रमाणका आधारमा कसुर ठहर भएपछि अभियुक्त अर्गेजालाई जेल सजाय तोकिएको न्यायाधीश शेषराज सिवाकोटीले बताए ।
इजलासको फैसलामा चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न प्रतिवादीलाई ७० दिनको म्यादसमेत दिइएको छ । अभियुक्त अर्गेजाले महिला घरमा एक्लै भएको मौका छोपी जबर्जस्ती करणी गरेका थिए । स्वयं पीडित महिलाले किटानी जाहेरी दिएको घटनामा प्रमाण नभेटिएको भन्दै जिल्ला अदालतले अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो । रासस
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...













