मन्त्री ज्ञवालीले भने ःसरकारले अरिङ्गालको गोलामा हात हालेको छ

गुल्मी, १३ वैशाख । संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि सरकार जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएका छन् ।
बिहीबार गुल्मीको रिडीमा कालिगण्डकी कोरिडोर सडकको १० मिटर चौडा पार्ने कामको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
मन्त्री ज्ञवालीले,‘अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि अरिङ्गालको गोलामा हात हालिसकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् । ति सवैको सामना गर्न सरकार तयार छ ।’
हालै चीन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चीनसँग रेल मार्ग , भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षीसँग आग्रह गरेको बताए । नेपाली सेनाले २०६९ सालबाट सुरु गरेको कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त रिडीदेखि वाग्लुङ्गको सिमना पालुङ्ग खोलासम्म ४२ किलो मिटर औसतमा ८ मिट चौडा सडक सम्पन्न गरिसकेको छ ।
यस्तै वाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोलासम्म ३८ किलोमिटरसहित ८० किलोमिटर र औसत ८ मिटर चौडा सडक सम्पन्न भई जम्मा १ सय ७४ किमी जोमसोमसम्म यातायात सुरु भसकेको छ ।
मन्त्री ज्ञवालीले उक्त सडकमा सेनाले देखाएको सक्रियाप्रति धन्यवाद दिदै कालोपत्रेका लागि सडक विभागलाई बुझाउन आग्रह गरेका छन् । १० मिटर चौडा पार्न वाग्लुङ्गतर्फ २५ करोड र गुल्मीतर्फ ३५ करोड विनियोजित मध्ये गुल्मीतर्फ यस वर्ष १० करोड वरावरको काम सेनाले सम्पन्न गर्ने जनाएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











