एउटा कुवाको भरमा दुईसय परिवार
रामपुर, पाल्पा, १८ वैशाख । पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन ।
गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले बताए ।
उनले आफैँ पनि खानेपानीको लागि गाउँगाउँमा पुगेर कुवामा पानी खोजेर जीविका चलाउँदै अाएकाे छ । नगरपालिकामा खानेपानी समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ हुन नसकेको गुनासो छ ।
“नगरपालिकामा खानेपानीको समस्या समाधानबारे जानकारी गराउँदा सानो रकमले अपुग हुने भन्दै यसको वैकल्पिक व्यवस्थाका लागि केन्द्रबाट बजेट माग गर्ने भनेर आश्वासन दिइएको छ, यहाँका स्थानीयवासी भने खानेपानीले तड्पिरहेका छन्” उनले भने ।
गाउँमा बिजुलीको सुविधा पुगेको छ, लिफ्टिङ गरेर पानीको व्यवस्था गर्न सकिन्छ तर यस विषयमा जनप्रतिनिधि भने मौन रहेको स्थानीयवासी रामबहादुर राना बताउनुहुन्छ । यहाँका स्थानीयवासीले रातिको २ बजे नै उठेर कुवाको पानी खोजेर जीविका चलाउन बाध्य छन् ।
एक गाग्री पानीकै लागि दुईदेखि तीन घण्टाको समय बिताउनुपर्छ । खानेपानीको हाहाकारले घरायसी कामकाजमा निकै समस्या झेल्नु परेको मिट्ठु मल्लको भनाइ छ । बिहान उज्यालो नहँुदै कुवा वरिपरि पानी खोज्नेको ठूलो ताँती देखिन्छ । पानीको समस्याले एक अर्काबीच गाउँमा छिमेकीबीच झैझगडा समेत हुने गरेको रामपुर नगरपालिका–३, गैलुकका दुर्गाबहादुर मल्ल बताउछ ।
निर्वाचनमा भोट माग्न गाउँगाउँमा पुगेका दलका नेताले भोट देऊ खानेपानी ल्याइदिन्छु भनेर ठूलो आश्वासन दिएका थिए । हरेक वर्ष यहाँका स्थानीयवासीले नेता कार्यकर्तासँग सधैँ खानेपानीको जोहो गर्न माग गरे पनि अहिलेसम्म कहीँकतैबाट राहत पाउन सकिरहेका छैनन् ।
चुनाव आउँदैपिच्छे खानेपानीको एजेण्डा पहिलो प्राथमिकतामा राखेर गाउँगाउँमा पुगेका राजनीतिक दलका नेता कार्यकर्ता विजय हासिल गरेपछि गाउँमा फर्कँदैनन् । अहिले स्थानीय सरकार जनप्रतिनिधिको हातमा छ तर यहाँका जनताले भने खानेपानीको केही राहत नपाउँदा आक्रोशित बनेका छन् ।
स्वास्थ्य खोपकेन्द्र भवन निर्माण
यसैबीच, पूर्वखोला गाउँपालिका–१ सिलुवा बैछाप, पाल्पामा स्वास्थ्य खोपकेन्द्रको भवन निर्माण गरिएको छ ।
पूर्वखोला गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा भवन निर्माण गरिएको स्वास्थ्य शाखाका संयोजक श्रीराज आचार्यले बताए । स्थानीय नरसिंह झेदीले स्वास्थ्य खोप केन्द्रका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि खोपकेन्द्रको भवन निर्माण गरिएको हो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...













