राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ। उनीहरूको पदावधी गोलाप्रथाबाट टुङ्गो लागाउने व्यवस्था संविधानमा गरिएको छ।
राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो। समिति सदस्य रामनारायण बिडारीले गोलाप्रथामा सहमति जुटेको बताए।
राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसले यसअघि एकमुष्ट रूपमा ६० जनाबीच गोलाप्रथाबाट कार्यकालय तय गर्नुपर्ने धारणा राखेको थियो। तर, दलहरूले प्रदेश अनुसार पटकपटक गोलाप्रथा गर्न सहमति जुटाएका हुन्।













