यातायात बन्दले प्रदेश ५ को जनजीवन प्रभावित
रुपन्देही, २१ वैशाख । यातायात व्यवसायीले आह्वान गरेको यातायात बन्दले आज यहाँको जनजीवन प्रभावित भएको छ ।
उनीहरुले सिन्डिकेट कायम गर्न दबाब दिँदै आह्वान गरेको यातायात बन्दले प्रदेश नं ५ को अधिकांश जिल्लामा प्रभाव परेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय, बुटवलले जनाएको छ ।
“प्रदेशका अधिकांश जिल्लामा यातायात सञ्चालन भएका छैनन्,” पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भन्नुभयो । सार्वजनिक यातायात सञ्चालन नभएपछि यात्रुले सास्ती खेप्नु परेको छ ।
बन्दका कारण बुटवलदेखि काठमाडौँ, नारायणगढ, नेपालगञ्ज, महेन्द्रनगर चल्ने लामो दूरीका सवारी साधन र बुटवल–भैरहवा र बुटवल–सालझण्डी चल्ने सवारी साधन सञ्चालन भएका छैनन् । तर निजी मोटरसाइकल र अटो रिक्सा सञ्चालन भइरहेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको यातायात बन्दलाई नेपाल, ट्रक यातायात व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी संघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, पेट्रोलियम डिलर्स एशोसिएसनले समेत समर्थन गरेको छ ।
सरकारले सेवा अवरुद्ध गर्ने सवारी साधनको रुट परमिट नै खारेज गर्ने चेतावनी दिएको छ ।रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...












