सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन
लहान, २३ वैशाख । सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ ।
कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् ।
अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक, परामर्शदाता मनोरोगविशेषज्ञ, कन्सल्टेण्ट एनेस्थियोलोजिष्ट, जनरल फिजिसिएन रेडियोजोलिष्ट एक एक गरी नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना पनि स्थायी चिकित्सक छैनन् ।
अस्पतालमा हाल करारमा रहेका स्त्रीरोगविशेषज्ञ विनय महासेठ र फिजिसियन गंगाप्रसाद यादवलगायत छ चिकित्सकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालका मेसु तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दास बढुवा भएर सरुवा भएपछि अस्पतालमा हाल मेसुको पदसमेत रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
मेसुसहित एकै पटक ठूलो संख्यामा स्थायी चिकित्सकको आभाव हुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयवासीले बताएका छन् । चिकित्सक तथा प्राविधिकको अभाव भएपछि अस्पतालमा बिरामीको उपचारमा समस्या हुनाका साथै नयाँ स्वास्थ्य सेवासमेत सञ्चालन गर्न कठिनाइ भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेशकुमार कर्णले जानकारी दिनुभयो ।
करारका चिकित्सकको आगामी असार मसान्तसम्म मात्र म्याद रहेकाले त्यसपछि पूर्ण रुपमा अस्पताल चिकित्सकविहीन हुने उहाँले बताउनुभयो । चिकित्सक पठाइदिन विभाग र मन्त्रालयमा पटक पटक आग्रह गर्दा समेत हालसम्म कुनै चिकित्सक नपठाइएकाले अस्पतालमा उपचार सेवा प्रभावित हुँदै आएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवको भनाइ छ । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...













