तेजाप छर्किंदा एक गम्भीर घाइते
चितवन, २४ वैशाख । भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङनै घर भई सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई तेजाप छर्किएका हुन् ।
एउटै कोठामा बसेर मादक पदार्थ सेवन गरिरहेका उनीहरुको बीचमा विवाद भएपछि विकले महर्जनलाई तेजाप छर्किएको प्रहरीले जनाएको छ । घाइते महर्जनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । महर्जनको आँखा, मुख र घाँटीमा तेजापले पोलेको छ । विकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
मोरङ र झापा खाँदबारीमा जारी तीनपोखरी आमन्त्रण कपको सेमिफाइनल प्रवेश
काठमाडौं । सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली प्रवेश गरेका...
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...