बजेटमा प्राथमिकता तोक्नुपर्छ : डा भट्टराई
काठमाडौँ, २७ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकाे प्रस्तावलगायत समग्र विषयमा समय मागेर बोल्दै उनले बजेट प्राथमिकताको आधारमा भन्दा पनि हिजोको निरन्तरताको गन्ध देखिएको धारणा राखे ।
सांसद भट्टराईले मुलुकमा नयाँ ढंगले बजेट अगाडि बढाएर प्राथमिकताका आधारमा कसलाई पहिलो प्राथमिकता दिने भन्ने किटान बजेटमा नगरिएको हुँदा त्यततर्फ ध्यान दिन आग्रह गरे ।
मुलुकको विकासका लागि कृषि, पर्यटन, जलस्रोतलाई प्राथमिकता दिनुपर्ने तर तीबाहेक अन्य पूर्वाधार निर्माण र शिक्षालाई समेत विशेष ध्यान दिनुपर्नेमा उनकाे भनाइ थियो ।
सांसद भट्टराईले पूर्वधार संरचना अन्तर्राष्ट्रिय विमानस्थलको तीव्र निर्माण, सामाजिक पूर्वाधारका रुपमा शिक्षालाई परिवर्तन गरी प्राविधिक शिक्षा सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे ।
उनले विज्ञानबिना संसारमा कुनै पनि विकास सम्भव नभएको उल्लेख गर्दै कृषि, सिँचाइ, मल बीउलाई ध्यान दिएर कृषकलाई निःशुल्क स्वास्थ्य बीमाजस्ता कार्यक्रम ल्याएर जमिनको उपयोग गर्नुपर्ने सुझाव राखे ।
सांसद भट्टराईले छिमेकी राष्ट्र भारत र चीन दुवै छिमेकीसँग असल सम्बन्ध राखेर दुवै देशसँग बीचमा रहेर पुलका रुपमा काम गर्नुपर्ने उल्लेख गरे ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन लागेको हुँदा छिमेकीसँगको सम्बन्धलाई राम्रो बनाएर सहयोग लिएर देशको विकास गर्नमा विशेष ध्यान पुग्नुपर्ने बताए । सांसद भट्टराईले आफ्नो पालामा बिप्पा सम्झौता भएको थियो र अरु ५० देशमा बिप्पा सम्झौता गर्नुपर्ने संसद्समक्ष राखे ।
सांसद भट्टराईले संघीयता कार्यान्वयन गर्नका लागि बजेट तथा नीति कार्यक्रम बनाउँदा ध्यान दिनुपर्ने उल्लेख गर्दै देशको जमिनको राम्रो सदुपयोग गर्नुपर्ने बताए ।
उनले निजी क्षेत्रलाई नाफा कमाऊ कर तिर भन्ने कुरामा जानुपर्छ भन्ने सुझाव दिँदै विदेशी ठूला लगानी बढाउनुपर्ने धारणा राखे । सांसद भट्टराईले भ्रष्टारमुक्त समाज निर्माण गर्न जरुरी भएको उल्लेख गरे ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...













