अनिकालको सजिञ्वनी सखरखण्ड
काठमाडाैं, १ जेठ। सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड (स्विट पोटाटो) खेती लोकप्रिय हुँदै गएको छ ।
‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर उक्त क्षेत्रका किसानले नगदे बालीका रुपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताए ।
पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रुपमा समेत लिने गरिन्छ । सिन्धुलीको गोलन्जोर र फिकल गाउँपालिमा करिब ४०० कृषकले अहिले व्यावसायिक रुपमा सखरखण्ड खेती शुरु गरेका छन् ।
अरु बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्डप्रति किसानको आकर्षण बढेको हो । सो क्षेत्रमा लोकप्रिय भएको सुन्तले रङको गुदी भएको सखरखण्डको उत्पादन प्रतिहेक्टर २० देखि ४० टनसम्म हुने थापा बताए ।
नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका पूर्व संयोजक बुद्धिप्रकाश शर्माले बताए। उच्च पहाडी कृषि सहकारी संस्थाले गोलन्जोर र फिकल गाउँपालिकाका किसानलाई निःशुल्क रुपमा लहरा (बीउ) वितरण गर्दै आएको छ ।
मुलुकका सबै भागमा सखरखण्डको उत्पादन हुने भए पनि पूर्व, मध्य र पश्चिमका पहाडी तथा तराईका जिल्लाका किसानले भने यसको फाट्टफुट्ट रुपमा व्यावसायिक खेती गर्दै आएका छन् । यसको उत्पादन पाखा पखेरा, कान्ला र ढडियानमा समेत हुने गर्छ ।
एउटा लहराबाट २०० देखि ५०० ग्रामसम्म सखरखण्ड उत्पादन हुने कृषक थापाको भनाइ छ । लहरा रोपेको तीनदेखि चार महिनादेखि नै उत्पादन हुने सखरखण्डको फल र लहरा दुवैबाट आम्दानी लिन सकिन्छ । त्यहाँबाट उत्पादन भएको सखरखण्ड काठमाडौँलगायत मुलुकका विभिन्न बजारमा प्रतिकिलो रु ३० देखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । सखरखण्डका लहरा (बीउ) जेठदेखि साउनसम्म लगाउने गरिन्छ भने उत्पादन कात्तिकदेखि माघसम्म हुन्छ ।
धार्मिक दृष्टिकोणबाट चोखो फलका रुपमा लिइने सखरखण्डलाई सबै उमेर समूहले उसिनेर, पोलेर तथा काँचै पनि सलाद बनाएर खाने गरेका छन् । स्थानीय जातको सखरखण्डको गुदी सेतो हुन्छ । गुदी पहेँलो हुने सखरखण्ड उन्नत जातको भएको डा शर्माले बताए ।
हरिबोधनी एकादशी, मंसिरपूर्णिमा र माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेला र हाटबजारमा सखरखण्डको धेरै बिक्री वितरण हुँदै आएको छ । पछिल्लो समय अमेरिकी सहयोग नियोग (युएसआइडी)ले ४० जिल्लाका किसानलाई पोषणको राम्रो स्रोतका रुपमा रहेको सखरखण्ड (स्विट पोटाटो) खेतीका लागि कृषकलाई प्राविधिक सहयोग गर्दैआएको छ । देशभर स्थानीय २५ र नयाँ उन्नत ३० जातका सखरखण्ड किसानले लगाउँदैआएका छन् ।
शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सहयोगसमेत पु¥याउने सखरखण्ड खानाले हाड, दाँत, नसा र छालामा लाभ पुर्याउने विज्ञहरु भन्छन् । जाडो महिनामा सखरखण्ड खानाले शरीरलाई न्यानो बनाउँछ । गरीबको खाद्यान्नका रुपमा परिचित सखरखण्ड चीनलगायत विश्वका विकसित मुलुकका तारे होटलमा महत्वपूर्ण परिकारका रुपमा राख्ने गरेको पाइन्छ ।
पछिल्लो समय सखरखण्डको पाउरोटी र हलुवासमेत लोकप्रिय बन्दै गएको छ भने मुन्टालाई गुणकारी हरियो सागका रुपमा लिने गरिन्छ । निकै स्वादिलो कन्दमूलका रुपमा रहेको सखरखण्ड पहाडी तथा तराई भेगका किसानको छाक टार्ने खाद्यान्न बन्दै आएकोछ । तराईमा सखरखण्डलाई अलुवाको नामबाट चिनिन्छ । पश्चिम पाल्पा र दाङमा गन्जी, पूर्वी पाल्पामा सुठेनी तथा पश्चिममा यसलाई सकलगञ्ज समेत भनिन्छ ।
सखरखण्डको व्यावसायिक खेतीलाई विस्तार गर्न सकेको खण्डमा किसानको जीवनस्तर उकास्न तथा मुलुकमा आउन सक्ने खाद्य संकटलाई अन्त्य गर्न ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












