अनिकालको सजिञ्वनी सखरखण्ड
काठमाडाैं, १ जेठ। सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड (स्विट पोटाटो) खेती लोकप्रिय हुँदै गएको छ ।
‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर उक्त क्षेत्रका किसानले नगदे बालीका रुपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताए ।
पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रुपमा समेत लिने गरिन्छ । सिन्धुलीको गोलन्जोर र फिकल गाउँपालिमा करिब ४०० कृषकले अहिले व्यावसायिक रुपमा सखरखण्ड खेती शुरु गरेका छन् ।
अरु बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्डप्रति किसानको आकर्षण बढेको हो । सो क्षेत्रमा लोकप्रिय भएको सुन्तले रङको गुदी भएको सखरखण्डको उत्पादन प्रतिहेक्टर २० देखि ४० टनसम्म हुने थापा बताए ।
नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका पूर्व संयोजक बुद्धिप्रकाश शर्माले बताए। उच्च पहाडी कृषि सहकारी संस्थाले गोलन्जोर र फिकल गाउँपालिकाका किसानलाई निःशुल्क रुपमा लहरा (बीउ) वितरण गर्दै आएको छ ।
मुलुकका सबै भागमा सखरखण्डको उत्पादन हुने भए पनि पूर्व, मध्य र पश्चिमका पहाडी तथा तराईका जिल्लाका किसानले भने यसको फाट्टफुट्ट रुपमा व्यावसायिक खेती गर्दै आएका छन् । यसको उत्पादन पाखा पखेरा, कान्ला र ढडियानमा समेत हुने गर्छ ।
एउटा लहराबाट २०० देखि ५०० ग्रामसम्म सखरखण्ड उत्पादन हुने कृषक थापाको भनाइ छ । लहरा रोपेको तीनदेखि चार महिनादेखि नै उत्पादन हुने सखरखण्डको फल र लहरा दुवैबाट आम्दानी लिन सकिन्छ । त्यहाँबाट उत्पादन भएको सखरखण्ड काठमाडौँलगायत मुलुकका विभिन्न बजारमा प्रतिकिलो रु ३० देखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । सखरखण्डका लहरा (बीउ) जेठदेखि साउनसम्म लगाउने गरिन्छ भने उत्पादन कात्तिकदेखि माघसम्म हुन्छ ।
धार्मिक दृष्टिकोणबाट चोखो फलका रुपमा लिइने सखरखण्डलाई सबै उमेर समूहले उसिनेर, पोलेर तथा काँचै पनि सलाद बनाएर खाने गरेका छन् । स्थानीय जातको सखरखण्डको गुदी सेतो हुन्छ । गुदी पहेँलो हुने सखरखण्ड उन्नत जातको भएको डा शर्माले बताए ।
हरिबोधनी एकादशी, मंसिरपूर्णिमा र माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेला र हाटबजारमा सखरखण्डको धेरै बिक्री वितरण हुँदै आएको छ । पछिल्लो समय अमेरिकी सहयोग नियोग (युएसआइडी)ले ४० जिल्लाका किसानलाई पोषणको राम्रो स्रोतका रुपमा रहेको सखरखण्ड (स्विट पोटाटो) खेतीका लागि कृषकलाई प्राविधिक सहयोग गर्दैआएको छ । देशभर स्थानीय २५ र नयाँ उन्नत ३० जातका सखरखण्ड किसानले लगाउँदैआएका छन् ।
शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सहयोगसमेत पु¥याउने सखरखण्ड खानाले हाड, दाँत, नसा र छालामा लाभ पुर्याउने विज्ञहरु भन्छन् । जाडो महिनामा सखरखण्ड खानाले शरीरलाई न्यानो बनाउँछ । गरीबको खाद्यान्नका रुपमा परिचित सखरखण्ड चीनलगायत विश्वका विकसित मुलुकका तारे होटलमा महत्वपूर्ण परिकारका रुपमा राख्ने गरेको पाइन्छ ।
पछिल्लो समय सखरखण्डको पाउरोटी र हलुवासमेत लोकप्रिय बन्दै गएको छ भने मुन्टालाई गुणकारी हरियो सागका रुपमा लिने गरिन्छ । निकै स्वादिलो कन्दमूलका रुपमा रहेको सखरखण्ड पहाडी तथा तराई भेगका किसानको छाक टार्ने खाद्यान्न बन्दै आएकोछ । तराईमा सखरखण्डलाई अलुवाको नामबाट चिनिन्छ । पश्चिम पाल्पा र दाङमा गन्जी, पूर्वी पाल्पामा सुठेनी तथा पश्चिममा यसलाई सकलगञ्ज समेत भनिन्छ ।
सखरखण्डको व्यावसायिक खेतीलाई विस्तार गर्न सकेको खण्डमा किसानको जीवनस्तर उकास्न तथा मुलुकमा आउन सक्ने खाद्य संकटलाई अन्त्य गर्न ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।रासस
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












