प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह
महेन्द्रनगर, धनुषा ६ जेठ। नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल नेपालसँग आग्रह गरेको छ ।
प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले गत वर्ष आएको बाढीका कारण प्रदेश २ का सञ्चारमाध्यम प्रभावित भएको तथ्य मनन गर्दै विनाभेदभाव वर्गीकरण गर्न सुझाव दिएको छ ।
पत्रकार महासंघ प्रादेशिक समितिको कार्यालय व्यवस्थापन तथा सञ्चालन प्रदेश २ को प्रशासनिक मुख्यालय जनकपुरमा गर्ने भएकाले त्यसको लागि आवश्यक व्यवस्थापनको जिम्मा महासचिव किरण कर्ण र कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक सामग्रीको व्यवस्थापनको जिम्मा कोषाध्यक्ष प्रवीण साहलाई दिइएको छ । प्रादेशिक समितिको अर्को बैठक आउँदो असारमा वीरगञ्जमा बस्ने भएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...













