इटहरीमा आगलागीबाट तीन करोडको क्षति
इटहरी, ७ जेठ। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएपछि घटना थाहा भएको र तत्कालै इटहरी धरान इनरुवा र मोरङको सु्न्दरहरैचाको चारवटा बारुणयन्त्रले राति २ बजे आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ ।
प्रहरी निरीक्षक राजन कार्कीका अनुसार आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी, व्यापारी व्यवसायीलगायतको सक्रिय सहभागिता रहेको थियो । पुरुषोत्तम काफ्लेको घरमा भएको पसल आगलागीमा सबैभन्दा बढी समुद्र राईको तयारी कपडा पसलको झण्डै रु दुई करोड बढीको नोक्सानी भएको उनले बताएकाे प्रहरीले जनाएको छ ।
यसैगरी उक्त आगलागीमा समुद्र राईसँगैका सटर पसल गर्दै अाएका गजराज श्रेष्ठको पनि लाखौँको तयारी कपडा पसलमा नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको र अझै क्षतिको एकीन विवरण लिने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
एक वर्षअघि पनि अहिले आगलागी भएको ठीक उत्तरतर्फ करोडौँको नोक्सानी हुने गरी आगलागी भएको थियो । आगोलाई समयमा नै नियन्त्रण गर्न सफल भएकाले अरु ठूलो नोक्सानी हुन नपाएको बताइएको छ । आगलागी भएको स्थान इटहरीको घना व्यापारिक क्षेत्र हो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...













