चीनसँग शैक्षिक सहकार्यबारे छलफल
काठमाडाैं ८, जेष्ठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्बीच आज भएको भेटवार्तामा दुई देशबीच शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ ।
उनीहरूबीच उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको छ । मन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समयसीमा र एकरुपता कायम गर्दै अगाडि बढ्ने योजना रहेको बताए ।
विश्वविद्यालयहरूमा साझेदारी गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रवृत्ति, विद्यालय पुनःनिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनियाँ सहयोगको प्रशंसा गरे।
मन्त्री पोखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमणबाट शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताए ।
राजदूत होङ्ले नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चीन सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध सुदृढ र मजबूत रहेको उल्लेख गरेका थिए । रासस
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












