१६ बर्षको कलिलो उमेरमा बलात्कृत भइयाे : जानकी
काठमाडाैं ९, जेष्ठ । लागुआैषधको सेवन गर्ने मानिस महिला हुन्छन् भन्दा सामान्यतया अलि छिट्टै पत्याउन सकिदैन तर आज त्यस्तो एकजना किशोरीको वास्तविकता प्रस्तुत गर्न लागिएको छ जुन कुराले सवैको मुटुमा ढ्याङ्ग्रो ठोक्ने पक्का छ ।
काठमाडौँ उपत्यकाबाहिर सुनसरीमा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको आँकडा छ। दुर्व्यसनमा नराम्ररी फसेर पछि समाजमा पुनर्स्थापित भएकी सुनसरीकी जानकी (नाम परिवर्तन) ले १३ वर्षको उमेरमा चुरोट हुँदै ब्राउन सुगरबाट नशा सेवन गर्न शुरू गरिन्। सुईको प्रयोग गरेर पनि उनले लागुऔषध लिइन् ।
लागुआैषधको नसाले लठ्ठिएर बेहोस बनेकी उनी बलात्कृत हुनु परेको कुराले एकदम धेरै पिरोल्ने गरेको बताउछिन् । त्यतिबेला उनको उमेर १६ वर्ष थियो।
लागुआैषधले गाँज्दै जाँदा चोरी गर्ने ढाट्ने सम्म गरेको स्मरण छ उनलाई, जव उनी होसमा आइन उनको शरीरमा लुगा थिएन । त्यो क्षण सम्झदा अझैपनि उनको गला अवरुद्द हुन्छ ।
लागुऔषध प्रयोग गर्ने अधिकांश महिलाहरू महिला भएकै कारण बढ्ता कष्ट सहन्छन्। दुर्व्यसनी भएका कारण गिज्याइनु सामान्य भयो, लागुऔषध खरिद गर्ने पैसाको जोहो गर्न शरीर नै सुम्पनुपर्ने अवस्था समेत आउने उनी बताउँछिन्।
लगातार ६ वर्ष लागुऔषध प्रयोग गर्दा पैसा अभाव, परिवार र समाजबाट अपहेलना सहेको उनी सम्झिन्छिन्। घरमा दिनहुँ जस्तो हुने बुवाआमाको झगडाका कारण नै लागुऔषधमा फसेको जानकीको भनाइ छ।
लागुऔषधको प्रयोग गरेका कारण घर परिवारबाट अपहेलना हुनुका साथै पढाइ पनि रोकिएपछि अन्तत: उनले नशा मुक्त हुन उपचार गराइन्। उपचार सकेर दुर्व्यसन मुक्त जीवन बिताइरहेको सात वर्ष पुगेको उनी बताउँछिन्। अहिले उनलार्इ परिवारले पनि माया गर्छ ।
लागुआैषध त्यागेपछि पुनर्जीवन पाइयो
एक पूर्व लागुऔषध प्रयोगकर्तालार्इ लागुऔषधको लत छुटाउन जति गाह्रो हुन्छ त्यति नै चुनौतीपूर्ण हुन्छ नशामुक्त जीवन बिताइरहन। त्यसैले जानकी लागुऔषध मुक्त जीवन बिताउन दैनिक समयतालिका नै बनाएर अघि बढिरहेकी छन्। साथै सङ्गत पनि परिवर्तन गरेकी छन्।
दुई वर्ष लागुऔषध प्रयोगकर्ता महिलाहरूको क्षेत्रमा काम गर्ने एउटा संस्थामा उनले काम गरिन्। अहिले भने ‘ब्युटिसियन’को तालिम लिँदैछिन । लागुऔषधको लतमा किशोरकिशोरीलार्इ फस्न नदिन परिवारका बुवाआमाको भूमिका हुने उनी बताउँछिन्।
“छोराछोरीको इच्छा र चाहना के छ, उनीहरुले के गरिरहेका छन्, खाए वा खाएनन् त्यो सबै परिवारले ध्यान दिनुपर्छ।” दुर्व्यसनमा फसेपछि समाज र परिवार सबैबाट नराम्रो हुने भन्दै उनी त्यो बाटोमा नलाग्न सबैलाई सुझाव दिन्छिन्।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











