१६ बर्षको कलिलो उमेरमा बलात्कृत भइयाे : जानकी
काठमाडाैं ९, जेष्ठ । लागुआैषधको सेवन गर्ने मानिस महिला हुन्छन् भन्दा सामान्यतया अलि छिट्टै पत्याउन सकिदैन तर आज त्यस्तो एकजना किशोरीको वास्तविकता प्रस्तुत गर्न लागिएको छ जुन कुराले सवैको मुटुमा ढ्याङ्ग्रो ठोक्ने पक्का छ ।
काठमाडौँ उपत्यकाबाहिर सुनसरीमा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको आँकडा छ। दुर्व्यसनमा नराम्ररी फसेर पछि समाजमा पुनर्स्थापित भएकी सुनसरीकी जानकी (नाम परिवर्तन) ले १३ वर्षको उमेरमा चुरोट हुँदै ब्राउन सुगरबाट नशा सेवन गर्न शुरू गरिन्। सुईको प्रयोग गरेर पनि उनले लागुऔषध लिइन् ।
लागुआैषधको नसाले लठ्ठिएर बेहोस बनेकी उनी बलात्कृत हुनु परेको कुराले एकदम धेरै पिरोल्ने गरेको बताउछिन् । त्यतिबेला उनको उमेर १६ वर्ष थियो।
लागुआैषधले गाँज्दै जाँदा चोरी गर्ने ढाट्ने सम्म गरेको स्मरण छ उनलाई, जव उनी होसमा आइन उनको शरीरमा लुगा थिएन । त्यो क्षण सम्झदा अझैपनि उनको गला अवरुद्द हुन्छ ।
लागुऔषध प्रयोग गर्ने अधिकांश महिलाहरू महिला भएकै कारण बढ्ता कष्ट सहन्छन्। दुर्व्यसनी भएका कारण गिज्याइनु सामान्य भयो, लागुऔषध खरिद गर्ने पैसाको जोहो गर्न शरीर नै सुम्पनुपर्ने अवस्था समेत आउने उनी बताउँछिन्।
लगातार ६ वर्ष लागुऔषध प्रयोग गर्दा पैसा अभाव, परिवार र समाजबाट अपहेलना सहेको उनी सम्झिन्छिन्। घरमा दिनहुँ जस्तो हुने बुवाआमाको झगडाका कारण नै लागुऔषधमा फसेको जानकीको भनाइ छ।
लागुऔषधको प्रयोग गरेका कारण घर परिवारबाट अपहेलना हुनुका साथै पढाइ पनि रोकिएपछि अन्तत: उनले नशा मुक्त हुन उपचार गराइन्। उपचार सकेर दुर्व्यसन मुक्त जीवन बिताइरहेको सात वर्ष पुगेको उनी बताउँछिन्। अहिले उनलार्इ परिवारले पनि माया गर्छ ।
लागुआैषध त्यागेपछि पुनर्जीवन पाइयो
एक पूर्व लागुऔषध प्रयोगकर्तालार्इ लागुऔषधको लत छुटाउन जति गाह्रो हुन्छ त्यति नै चुनौतीपूर्ण हुन्छ नशामुक्त जीवन बिताइरहन। त्यसैले जानकी लागुऔषध मुक्त जीवन बिताउन दैनिक समयतालिका नै बनाएर अघि बढिरहेकी छन्। साथै सङ्गत पनि परिवर्तन गरेकी छन्।
दुई वर्ष लागुऔषध प्रयोगकर्ता महिलाहरूको क्षेत्रमा काम गर्ने एउटा संस्थामा उनले काम गरिन्। अहिले भने ‘ब्युटिसियन’को तालिम लिँदैछिन । लागुऔषधको लतमा किशोरकिशोरीलार्इ फस्न नदिन परिवारका बुवाआमाको भूमिका हुने उनी बताउँछिन्।
“छोराछोरीको इच्छा र चाहना के छ, उनीहरुले के गरिरहेका छन्, खाए वा खाएनन् त्यो सबै परिवारले ध्यान दिनुपर्छ।” दुर्व्यसनमा फसेपछि समाज र परिवार सबैबाट नराम्रो हुने भन्दै उनी त्यो बाटोमा नलाग्न सबैलाई सुझाव दिन्छिन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












