गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी
लुम्बिनी, ९ जेठ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् ।
निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन सकिदैन् ।”
मन्त्री अधिकारीले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५÷१५ दिनमा निर्माणाधिन विमानस्थलको अनुगमन गरिरहेको जानकारी दिए ।
“हवाई रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ, उहाँले भन्नुभयो, “शुरुमा पुरानो टर्मिनलबाट काम शुरु गर्छौ, काठमाडौँको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहनेछ ।”
मन्त्री अधिकारीले विमानस्थल निर्माण कार्यलाई तीव्रताकासाथ अगाडि बढाउन आवश्यक उपकरण थप्नुपर्ने अवस्था आए सरकारले उपकरणको व्यस्थापन गर्ने बताउँदै विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढिरहेको धारणा व्यक्त गरे ।
यसअघि चैत २४ गते पनि उहाँले विमानस्थलको स्थलगत निरीक्षण गरेकाे थिए
सो अवसरमा आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिदैें रनवेको सव वेसको काम सकिएर बेस लेयरको काम भइरहेको अवगत गराए।
वर्षातपछि रनवेको पिचको काम शुरु हुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तिम तल्लाको ढलाइ यसै हप्ताभित्र पूरा हुनेछ भने कन्ट्रोल टावर र प्रशासनिक भवनको काम आधा भन्दा बढिसकिएको छ भने ।
प्रमुख इञ्जिनियर शर्माका अनुसार, विमानस्थलमा दैनिक दुई सयजना मजदुरले काम गरिरहेका छन् । विमानस्थलको ७० प्रतिशत भौतिक संरचनामध्ये ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र ३० प्रतिशत बाँकी रहेको छ । विद्युतीय र मेसिनरीको कामको भौतिक संरचना पूरा हुने वित्तिकै बाँकी ३० प्रतिशत काम पनि पुरा हुनेछ ।
सन् २०१९ लाई अपरेशन वर्षको रुपमा लिएर काम भइरहेको आयोजनाले जनाएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












