गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी
लुम्बिनी, ९ जेठ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् ।
निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन सकिदैन् ।”
मन्त्री अधिकारीले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५÷१५ दिनमा निर्माणाधिन विमानस्थलको अनुगमन गरिरहेको जानकारी दिए ।
“हवाई रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ, उहाँले भन्नुभयो, “शुरुमा पुरानो टर्मिनलबाट काम शुरु गर्छौ, काठमाडौँको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहनेछ ।”
मन्त्री अधिकारीले विमानस्थल निर्माण कार्यलाई तीव्रताकासाथ अगाडि बढाउन आवश्यक उपकरण थप्नुपर्ने अवस्था आए सरकारले उपकरणको व्यस्थापन गर्ने बताउँदै विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढिरहेको धारणा व्यक्त गरे ।
यसअघि चैत २४ गते पनि उहाँले विमानस्थलको स्थलगत निरीक्षण गरेकाे थिए
सो अवसरमा आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिदैें रनवेको सव वेसको काम सकिएर बेस लेयरको काम भइरहेको अवगत गराए।
वर्षातपछि रनवेको पिचको काम शुरु हुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तिम तल्लाको ढलाइ यसै हप्ताभित्र पूरा हुनेछ भने कन्ट्रोल टावर र प्रशासनिक भवनको काम आधा भन्दा बढिसकिएको छ भने ।
प्रमुख इञ्जिनियर शर्माका अनुसार, विमानस्थलमा दैनिक दुई सयजना मजदुरले काम गरिरहेका छन् । विमानस्थलको ७० प्रतिशत भौतिक संरचनामध्ये ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र ३० प्रतिशत बाँकी रहेको छ । विद्युतीय र मेसिनरीको कामको भौतिक संरचना पूरा हुने वित्तिकै बाँकी ३० प्रतिशत काम पनि पुरा हुनेछ ।
सन् २०१९ लाई अपरेशन वर्षको रुपमा लिएर काम भइरहेको आयोजनाले जनाएको छ । रासस
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












