गुनासो सुन्न मोबाइल एप बनाउदै सरकार
काठमाडौं ९ जेष्ठ । सरकारले जनाताको गुनासो सुन्नलाई मोबाइल प्रविधिको प्रयोग मार्फत यसको अवधारणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।
आम मानिसले पर्योग गर्न सक्ने गरि यो एप सरल, सहज, आधुनिक र सुविधाजनक हुने गरेर तयार पारिदै छ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरि निर्माण गर्ने योजना छ ।
हेलो सरकार मार्फत जनताको गुनासो लिने गरेको सरकारले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ ।
बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलादेखि सुरु भएको ‘हेलो सरकार’मा टेलिफोन र सामाजिक सञ्जालमार्फत गुनासो गर्न सकिन्छ । तर अव भने गुनासोका लागि यस्तो मोबाइल एप निर्माण भए पश्चात भने गुनासोहरु सिधै सम्बन्धित मन्त्रालयमा पुग्नेछन् ।
सरकारले नीति तथा कार्यक्रममा प्रत्येक मन्त्रालयमा समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यही संयन्त्रलाई यसमा प्रयोग गर्न सकिने अधिकारीहृरु बताउँछन् ।
‘अहिले हेल्लो सरकारले गरिरहेको कामलाई थप व्यवस्थित र छरितो बनाउन यो व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन यो प्रभावकारी हुनेछ ।’
सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास सरकारको छ ।
‘अहिले धेरै नेपालीको हातमा स्मार्ट फोन पुगिसक्यो । मेरो सरकारले मैले गरेको गुनासो तत्कालै सुन्छ भन्ने अनुभति गराउन यो प्रभावकारी हुन्छ,’ ती अधिकारीले भन्छन् ।
यस्तो एप निर्माणका लागि गृहकार्य सुरु भइसकेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












