डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते
डडेल्धुरा, ११ जेष्ठ। डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् ।
बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।
पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । चट्याङबाट पर्शुराम–६ छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, ७० वर्षीया धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी गरा] ।
त्यस्तै, पर्शुराम नगरपालिका–७ का घाइते हुनेमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेको प्रहरी नायब उपरीक्षक जोशीले बता] ।
घाइते हुनेमध्ये बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको जोगबुढा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












