अमेरिका उत्तर कोरिया शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग, उत्तर कोरिया दुःखी, भन्यो– कुनै पनि समय वार्तामा बस्न तयार छौँ
वािसङ्टन, ११ जेठ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गर्नुभएको थियो ।
उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको समाचारमा जनाइएको छ ।
आागमी जुन १२ तारिखमा सिंगापुरमा गर्ने तय भएको भनिएको सो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरिया भने दुःखी भएको बताएको छ ।
जुन महिनामा उक्त वार्ता समयमै हुने भनी उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा राख्दै आनुभएको थियो । तर पनि दक्षिण कोरियामा जारी रहेको कोरिया अमेरिका सैन्य अभ्यासका कारण भने उहाँ क्रुद्ध हुनुभएको थियो ।
बिहीबार नै अमेरिकाले एकतर्फी रुपमा उक्त वार्ता स्थगनको सूचना सार्वजनिक गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको एउटा पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीन रुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ ।
उक्त वार्ताको आयोजना सिंगापुरले गर्ने भनेको थियो । जुन १२ मा सिंगापुरमा हुने भनिएको सो वार्ताको विश्वव्यापी रुपमा नै ठूलो चासो रहेको थियो ।
उता उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणगर्ने स्थलहरु नै नष्ट गरेको जनाएको छ । उसले ती अस्त्रहरु निर्माण र परीक्षण गर्ने गरिएका सुरुङहरू नष्ट गरेको केही घण्टामै यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता स्थगित भएको घोषणा गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्प र नेता किमको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको बताइएको थियो ।
हालका लागि प्रस्तावित उक्त मितिमै उक्त वार्ता स्थगित गरिएको भएपनि पछि पनि आफू उत्तर कोरियासँग वार्ता गर्न आगामी दिनमा पनि इच्छुक रहेको ट्रम्पले बतउनुभएको छ ।
उहाँले सो पत्रमा लेख्नुभएको छ “तपाईँसँग सिंगापुरमा भेटवार्ता गर्न म निकै नै उत्सुक थिएँ तर दुःखको कुरा यहाँकोे पछिल्लो वक्तव्यका कारण हामीले धेरै पहिलादेखि योजना गरिएको भेट अहिलेका लागि हुन सकेन ।
त्यस पत्रमा राष्ट्रपति ट्रम्पले पनि आफूहरुसँग पनि पारमाणविक अस्त्र ठूलो शक्ति र मात्रामा रहेको पनि खुलासा गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘कोरिया आफ्नो पारमाणविक क्षमताको कुरा गर्छ तर हामी पनि यसमा यति शक्तिशाली छौँ कि तर म के भन्छु भने इश्वरसँग मेरो प्रार्थना छ, ती शक्तिहरुको प्रयोग यस पृथ्वीमा कहिल्यै पनि गर्नु नपरोस ।’
पत्रको अन्त्यमा ट्रम्पले किमलाई आफूलाई फोन गर्न पनि आग्रह गर्नुभएको छ । यदि यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला, उहाँले लेख्नुभएको छ ।
यस वार्ताको स्थगनले वास्तवमा भन्ने हो भने “विश्वले र अझ उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको अनुभव पनि राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभएको छ ।
उता हालैमात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ ।
उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाउनुभएको समाचार बिहीबार मात्र आएको थियो । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उहाँको भनाई छ ।
हाम्रो प्रतिबद्धता हेरिएन तर कुनैपनि समय वार्तामा बस्न तयार छौँ– उत्तर कोरिया
उता उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको भएपनि यसको मूल्यांकन नभएको जनाएको छ ।
उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरियासँग गरेको बृहत शान्ति सम्झौता बमोजिम नै आणविक अस्त्र उत्पादन तथा परीक्षणस्थल नष्ट गरेको तर यसको मूल्यांकन अमेरिकाले नगरेको बताएको छ ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको प्रयासहरु र सदासयतालाई अमेरिकाले भने हाम्रो कमजोरीका रुपमा लिएको छ– उत्तर कोरियाले बताएको छ ।
तर पनि उत्तर कोरियाले अमेरिकासँग कुनै पनि समयमा वार्तामा बस्न तयार छौँ भनेको छ ।
उत्तर कोरियाले आफूहरु कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि तयार भइसकेकोले अब यसका लागि अमेरिका र दक्षिण कोरियासँग वार्तामा बस्न आफूहरु तयार नै रहेको बताएको हो ।
फकाउँदै दक्षिण कोरिया
उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्ने तयारीमा लागेको बताएको छ ।
यी दुई देशबीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो ।
बिहीाबर फेरि अमेरिकाले भने उत्तर कोरियासँग वार्तामा नबस्ने बताएको छ । यसबाट अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्नका लागि दक्षिण कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिणले लिएको हो ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारीअनुसार छिट्टै नै अर्काे वार्ताका लागि उसले उत्तर कोरियालाई सम्पर्कमै राखेको छ र अर्काे मितिको वार्ताका लागि शुक्रबार सम्पर्क गर्नेछ ।
शान्ति सम्झौता एक महत्वपूर्ण उपलब्धि भएकोले वार्ताबाट पछि नहट्न दक्षिण कोरियाले जोड दिनेछ । दक्षिण कोरियाले अर्काे वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।
तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ ।
उता अमेरिकाले बिहीबार शिखर वार्ता स्थगित गरेपछिको अवस्थामा दक्षिण कोरियासँग उत्तरले तुरुन्तै अर्काे वार्तामा बस्न सहमति जनाउने छ या के गर्नेछ भन्ने बारेमा भने केही बताइएको छैन ।
अमेरिका दक्षिण कोरिया फोनवार्ता
यसैबीच शुक्रबार सोलबाट प्राप्त समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।
दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच शुक्रबार बिहान फोनवार्ता भएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँहरुबीच बिहीबार अकस्मात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी जुनमा सिंगापुरमा हुन लागेको शिखर वार्ता स्थगित गरेको जनाएको समाचार आएपछि त्यसका विषयमा विकसित परिस्थितका बारे उक्त फोनवार्ता भएको अनुमान गरिएको छ ।रासस÷एएफपी
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












