चेपाङ बस्तीमा अनिकाल
चितवन १३, जेष्ठ । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ ।
राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताए । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उहाँले भन्नुभयो, “कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पाइँदैन परिवारलाई के खुवाउने ।”
काउलेकी कोपिला चेपाङले पनि दुई छाक खान कठिन भएको बताउनुभयो । श्रीमान्ले ज्याला मजदूरी गरेर ल्याएको थोरै पैसाले खोले फाँडो खाएर बाँच्नु परेको उनको गुनासो थियो । एक दुई घर होइन, सबैको पीडा उस्तै छ ।
काउलेका पदमबहादुर चेपाङले यो समस्या पहिलेदेखि हुँदै आएको बताए । स्थानीय तह बने पनि यो समुदायको अनिकालको समस्या टार्न कसैको चासो नभएको उनले बताए । सबैका घरमा खाद्यान्न सिद्धिएको र बारीमा खानेकुरा उत्पादन भइनसकेकाले अनिकाल लागेको उनको भनाइ थियो ।
इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले सबैलाई अनिकाल लागेकाले केही गर्ने उपाय नरहेको बताए । यो समय नै अनिकालको समय भएको भन्दै उहाँले अबका दिनमा कसरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहमा छलफल चलाइएको जानकारी दिए ।
आयआर्जन बढाउन कतिपय ठाउँमा बाख्रा वितरण गरिएको भन्दै वडाध्यक्ष चेपाङले त्यस क्षेत्रका बासिन्दाको आयआर्जन बढाउने कार्यक्रम ल्याउन सकेमा चेपाङ समुदायले अनिकाल व्यहोर्नु पर्ने अवस्था समाधान हुनेमा विश्वास व्यक्त गरे ।
“चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।” नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भने, “मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल भोकमरी नै हुन्छ ।”
विगतमा यतिबेला फल्ने गरी कागुनो रोप्ने गरिए पनि पछिल्लो समय त्यो खेती पनि राम्रो हुन छाडेपछि उनीहरुले रोप्न छोडेको र पिडालु, जंगली तरुलजस्ता कन्दमूल र चमेरा पनि नपाउने हुँदा संकट परेको उहाँले बताए ।
यतिबेला चेपाङले निमेक ज्याला र ऋण गरेर खोले फाँडो खाने, माउ सिस्नो खाने, चिउरी मगाएर खाने गर्छन् ।
जिल्लामा चेपाङको जनसंख्या २८ हजार ३६३ छ । उनीहरुमध्ये आधाको आफ्नै नाममा जग्गा दर्ता छैन । उनीहरुको जग्गाबाट भएको उब्जनीले जेनतेन छ महिना चल्ने भएकाले जेठ असारमा अनिकाल नै व्यहोर्नु पर्ने भएको हो ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











