एक लाख घरेलु कामदार पठाउन साउदीको प्रस्ताव, के गर्ला नेपालले ?
काठमाडौं १३ जेष्ठ । साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी साउदीले प्रस्ताव गरेको छ ।
रियादस्थित नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माका अनुसार साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको छ । तर, अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ ।
उनले केही समयभित्रै सरकारले यस विषयमामा निर्णय लिने जानकारी दिए । साउदी अरबका श्रम र सामाजिक विकास मन्त्री डाक्टर अली अल घाफिससँग अघिल्लो साता भएको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको शर्माले बताए ।
शर्माले भनेका छन्, ‘साउदीको प्रस्तावमा विशेषगरी घरेलु कामदारको विषयमा नेपाल सरकार सकरात्मक रहेको छ । नेपालबाट कुनै पनि देशमा घरेलु कामदार पठाउन अहिले रोकिएको छ र कामदार पठाउने नीति संशोधन गरिँदै छ ।’
नेपालबाट साउदी अरबमा घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको र दुई देशको बीचमा औपचारिक सहमतिमा हस्ताक्षर भएपछि मात्रै यो अवस्था परिवर्तन हुने नेपाली कुटनीतिज्ञले बताए ।
कामदारको सुरक्षा र कल्याणको लागि घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको पनि उनले प्रष्टीकरण दिए ।
‘प्रति महिना १५ सय(४५ हजार रुपैयाँ) रियाल वरिपरिको उपयुक्त तलब घरेलु कामदारले पाउने गरी श्रम सम्झौतामा औपचारिक हस्ताक्षर भएपछि साउदी अरेबियालाई प्रस्तावित एक लाख कामदार नेपालले पठाउने छ’ शर्माले भने ।
सम्बन्धित समाचार:
बेरोजगार हुनुन्छ ? रोजगारको ग्यारेन्टी गर्दै छ सरकारले, काम नभए १०० दिनको तलब दिने
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












