बयानमा खोले गोरेले सनसनीपूर्ण कुरा, सनमको लास ठेगान लगाउन प्रहरीसँग २ करोडको डिल
काठमाडाै १३, जेष्ठ । चर्चित सुन काण्ड र सनम शाक्य हत्याकाण्डका प्रमुख आरोपी ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बयानमा सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका छन् ।
गोरेले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । ‘मैले सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेका थिएँ’, उनले भने, ‘उनले ‘माथि सरहरुसँग कुरा गरेपछि’ मात्रै बताउने जानकारी गराएका थिए ।’
आफूलाई सहयोग गर्न महाशाखका डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ हिँडेको गोरेले खबर पाए । बाटोमा पुगेपछि डिएसपी केसीले फोन गरेर ‘लास व्यवस्थापन गरिदिए वापत पैसा दिनुपर्ने’ भनेर रकम माग गर्न थालेको गोरेको दाबी छ ।
सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन् । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो’, उप्रेती भन्छन्, ‘त्यसवापत प्रहरीलाई दुई करोड दिने कुरा भएको थियो ।’
तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ’, उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ ।’
प्रहरीको भर नलागेपछि म, भोजे मामा, टुकबहादुर, दावा शेर्पा, सुरेन्द्र गौतम, लाक्पासहित इन्डिया जान जोगवनीतर्फ गयौं ।’
आफूसहित ५ जना साथीको प्राडो गाडी चढेर कलकत्ता पुगेको उनले बयान दिएका छन् । उनले भनेका छन्, ‘मैले सई सञ्जेललाई टेकबहादुरको नम्बर दिएँ । त्यसपछि के भयो थाहा छैन ।’
आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको भन्दै उनले भने, ‘मलाई बारम्बार नेपाल आउन भनेका थिए । तर, म टाढा गइसकेको थिएँ ।’
यो मुद्दामा एसएसपी दिवेश लोहनी, डीएसपी केसी, सई बालकृष्ण सञ्जेजलाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला अदालतको आदेशमा उनीहरु अहिले पूर्पक्षका लागि थुनामा छन् ।
अपराध महाशाखामा रहेका उनीहरुले गोरेलाई पक्राउ गर्ने योजनाका साथ गएको दाबी गरेका छन् । जिल्ला अदालतमा बयान दिने क्रममा उनीहरुले भने गोरे भाग्लान् भनेर ‘गुड फेथ’ मा आर्थिक डिल गरेको र यो तत्कालीन नेतृत्वलाई जानकारी गराएको बताएका छन् ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












