बयानमा खोले गोरेले सनसनीपूर्ण कुरा, सनमको लास ठेगान लगाउन प्रहरीसँग २ करोडको डिल
काठमाडाै १३, जेष्ठ । चर्चित सुन काण्ड र सनम शाक्य हत्याकाण्डका प्रमुख आरोपी ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बयानमा सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका छन् ।
गोरेले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । ‘मैले सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेका थिएँ’, उनले भने, ‘उनले ‘माथि सरहरुसँग कुरा गरेपछि’ मात्रै बताउने जानकारी गराएका थिए ।’
आफूलाई सहयोग गर्न महाशाखका डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ हिँडेको गोरेले खबर पाए । बाटोमा पुगेपछि डिएसपी केसीले फोन गरेर ‘लास व्यवस्थापन गरिदिए वापत पैसा दिनुपर्ने’ भनेर रकम माग गर्न थालेको गोरेको दाबी छ ।
सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन् । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो’, उप्रेती भन्छन्, ‘त्यसवापत प्रहरीलाई दुई करोड दिने कुरा भएको थियो ।’
तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ’, उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ ।’
प्रहरीको भर नलागेपछि म, भोजे मामा, टुकबहादुर, दावा शेर्पा, सुरेन्द्र गौतम, लाक्पासहित इन्डिया जान जोगवनीतर्फ गयौं ।’
आफूसहित ५ जना साथीको प्राडो गाडी चढेर कलकत्ता पुगेको उनले बयान दिएका छन् । उनले भनेका छन्, ‘मैले सई सञ्जेललाई टेकबहादुरको नम्बर दिएँ । त्यसपछि के भयो थाहा छैन ।’
आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको भन्दै उनले भने, ‘मलाई बारम्बार नेपाल आउन भनेका थिए । तर, म टाढा गइसकेको थिएँ ।’
यो मुद्दामा एसएसपी दिवेश लोहनी, डीएसपी केसी, सई बालकृष्ण सञ्जेजलाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला अदालतको आदेशमा उनीहरु अहिले पूर्पक्षका लागि थुनामा छन् ।
अपराध महाशाखामा रहेका उनीहरुले गोरेलाई पक्राउ गर्ने योजनाका साथ गएको दाबी गरेका छन् । जिल्ला अदालतमा बयान दिने क्रममा उनीहरुले भने गोरे भाग्लान् भनेर ‘गुड फेथ’ मा आर्थिक डिल गरेको र यो तत्कालीन नेतृत्वलाई जानकारी गराएको बताएका छन् ।
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











