नेकपाको दल दर्ता प्रक्रिया रोकियो किन ? कारण यस्तो छ…
काठमाडौं १४, जेष्ठ । एमाले माआेवादीको एकता पश्चात बनेको नयाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नपुगेका कारण निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन ।
पार्टी दर्ताका लागि जेठ ३ गते नै आवेदन दिएको भए पनि निर्वाचन आयोगले अहिलेसम्म दर्ता प्रमाणपत्र दिएको छैन ।
आज (सोमबार) नवगठित पार्टीका नेताहरु सुवास नेम्वाङ, देव गुरुङलगायतले आयोगमा पुगेर ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता प्रमाणपत्रको फोटोकपी तथा अन्य आवश्यक विवरण बुझाएका छन् ।
विवरण बुझाएपछि प्रतिक्रिया दिँदै नेता नेम्वाङले पार्टी दर्ताको प्रक्रिया निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेको बताए । यद्यपि, उनले आयोगमा निवेदन दिएको आधारमा नै सञ्चारमाध्यमले पार्टीको नाम लेख्नुपर्ने जिकिर गरे । आयोगमा नेपाल कम्युनिष्ट पार्टीको रुपमा दर्ताका लागि आवेदन परेको छ । नेपाल कम्युनिष्ट पार्टी आयोगमा दर्ता भइसकेकाले सोही नाममा अन्डरलाइन गरेर आयोगमा निवेदन दिइएको हो ।
पार्टीका अर्का नेता देव गुरुङले राजनीतिक दलसम्बन्धी ऐनमा ३३ प्रतिशत महिला प्रतिनिधत्वको व्यवस्था भए पनि व्यवहारमा लागू भईनसकेको जिकिर गरे । आयोगले खोजेमा महाधिवेशनपछि ३३ प्रतिशत महिला पुर्याउने उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












