मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग
बनेपा, १५ जेष्ठ । “मुकेश उठ, यि हेर त यो के हो ?” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उहाँलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहेका थिए ।
आमा मीरा र बुबा कृष्णमानले बनेपा नगरपालिका–८ चैतन्य रोड छेउको घरमा रहेको दोस्रो तल्लामा मुकेशलाई यसरी नै स्याहार्दै आएको करीब १२ वर्ष भयो ।
मुख चलाई सामान्य आवाज निकाल्ने र बोलाउँदा केही खेलौना दिँदा समात्ने सम्म गरेका उहाँले अझै अरु प्रतिक्रिया दिन सकेका छैनन् । खाना खुवाउने, लगाएको लुगा र ओछ्यानको कपडा फेर्नुपर्ने, सरसफाइ गर्नुपर्नेलगायतका काममा मीरा र कृष्णमान चौबिसै घण्टा खटिरहेका छन् ।
गोली लागेको कञ्चटको घाउको खत ठूलै देखिन्छ । २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि मुकेश अचेत भएका हुन् । २०६२ साल चैत २६ गते काभ्रेपलाञ्चोकका भीमसेन दाहाल पोखरामा सुरक्षाकर्मीको गोलीबाट मारिएपछि थप आक्रोसित भएका आन्दोलनकारीले आन्दोलन चर्किँदै गर्दा १५ वर्षीय मुकेश पनि आन्दोलनमा उत्रिए र सुरक्षाकर्मीले चलाएको गोली उहाँको कञ्चटमा लागेर उनी घाइते भए ।
सोही दिनदेखि उनी अझैसम्म पनि ओछ्यानमा नै छन् । त्यसबेला १५ वर्षका उनी अहिले २७ वर्षको भए । घाइते पछिको केही समय अस्पतालमा बिताएका उनलाई अहिले अलि गाह्रो अवस्थामा अस्पतालसम्म लानेबाहेक सम्पूर्ण समय घरमा नै उपचार र स्याहारसुसार भइरहेको छ ।
“पहिलेको भन्दा थोरै मात्रामा सुधार भएको छ,” मुकेशकी आमा मीरा कायस्थले भनिन्, “आफैँले त केही गर्न सक्दैन, सबै हामीले नै गर्नुपर्छ ।”
“पहिलाको अवस्थाभन्दा चनाखोपन, बोल्दाखेरी छिटो प्रतिक्रिया जनाउन खोज्ने चाँही भएको छ । मुकेशको उपचारका निम्ति औषधिको व्यवस्थासँगै एक अहेब र एकजना हेरचाह गर्ने (कुरुवा) को व्यवस्था गर्दै आइएको छ, ” उनले भनिन् ।
सरकारले गरेको त्यति सहयोगले मात्रै मुकेशका लागि अपुग भएको मीराले बताइन् । “सरकारले जति गरेको छ, त्यो चाहीँ मुकेशको लागि पर्याप्त छैन ।” उनले भनिन्, “कुरुवालाई मासिक रु छ हजार २०० दिएर आठ घण्टा हेर्छन्, त्यतिले काम गर्न नमान्ने अवस्था एकातिर छँदैछ । अर्कोतिर उसलाई चौबिसै घण्टा हेरचाह गर्न परिवारका सबैजना खट्नैपर्छ ।”
यस्तो अवस्थामा आफूहरुलाई पनि सधैँ रेखदेख गर्न गाह्रो भएको उनले बताइन् । मुकेशलाई ह्विलचियरमा राख्नलाई नै तीनजना मान्छे चाहिन्छ । “उसलाई फकाइरहनुपर्ने हुन्छ,” मुकेशका बुबा कृष्णमान कायस्थले भने, “त्यसले गर्दा आफ्नो व्यापार व्यवसाय गर्नुपर्ने समय नै सबै त्यसैमा खर्चिरहनुपरेको छ ।” उनको उपचारको क्रममा लाग्दालाग्दै कसरी व्यवसाय चलाउने भन्ने चिन्ताले सताउन थालेको बुबा कायस्थले बताए ।
मुकेशका लागि यी व्यवस्था होस्
जनआन्दोलन दोस्रो २०६२÷०६३ का घाइते मुकेश कायस्थ अझै ओछ्यानमा नै रहेका छन् । विगत करीब १२ वर्षदेखि उपचाररत उनका लागि परिवारले अरु थप व्यवस्था गरिदिन सरकारसमक्ष माग गरेका छन् ।
“बिरामीलाई घरमा एकै ठाउँमा मात्रै राखीराख्दा राम्रो नहुने रहेछ ।” आमा मीराले भनिन ्, “बाहिर हावामा फ्रेस गराउनुपर्नेमा जनशक्ति पुग्दो नहुँदा त्यो गर्न सकिरहेका छैनौँ ।” जनशक्ति अपुग भएका कारण सधैँभरि एउटै कोठामा मात्रै कोच्याइ राख्नुपर्ने अवस्था रहेको उनले बताइन् ।
बाहिर वातावरणसँग घुलमिल हुने वातावरण बनाउनु पर्ने, पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने, बिरामी हुँदा अस्पताल पु¥याउन र ल्याउन व्यवस्था हुुनुपर्ने परिवारको माग छ ।
मुकेशलाई निरन्तर फिजिओथेरापी गरिरहनुपर्ने हुन्छ । “त्यसका लागि निरन्तर फिजियोथेरापी चाहिन्छ, त्यो चाहीँ हामी आमाबुबाले सकेको र जानेको गरिदिँदै आएका छौँ,” मीराले भनिन् ।
“उसका लागि त हामीले सकीनसकी घरमा नै उपचार गरिरहेका छौँ”, मीरा र कृष्णमान दुवैले एकै स्वरमा भने “उनी जस्तै ओछ्यानमा नै रहिरहने बिरामीलाई घरमा नै यसरी उपचार गर्न गाह्रो छ, त्यसैले यसको नामबाट पुनःस्थापना केन्द्र खोलेर भोलिको दिनमा उ जस्तै अरु बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था भएको अस्पताल खोलेर सेवा दिन आवश्यक छ ।”
डाक्टरको सल्लाहअनुसार यस्तो बिरामीलाई अस्पतालपछि दोस्रो घर आवश्यक भएको र त्यस्तो घर नभएका कारण घरमा ल्याएर उपचार गर्नै गाह्रो भएको उनीरुको भनाइ छ ।
मुकेशलाई जिउँदो शहीद घोषणा गरियोस्
अहिलेसम्म मुखले मात्रै जिउँदो शहीद भनेर भनिरहेको भन्दै उनका परिवारले सरकारले मन्त्रिपरिषदबाट जिउँदो शहीद घोषणा गर्नुपर्ने बताएका छन् ।
“अहिलेसम्म मुखले मात्रै जिउँदो शहीद भनेर घोषणा गरेको छ, औपचारिक रुपमा नै क्याबिनेटबाट घोषणा गर्नुप¥यो नि, खै त अहिलेसम्म गरेको ?” प्रश्न गर्दै मीराले भनिन्, “सरकारले क्याबिनेटबाट नै जिउँदो शहीद किन घोषणा गर्न सकिएन ?”
मुकेशका लागि गृह मन्त्रालयबाट शतप्रतिशत घाइते भनेर परिचयपत्र मात्रै दिएको मीराले बताइन् । उनले सरकारले झन्झन् जनआन्दोलनलाई बिर्सिरहेको र त्यसमा योगदान पु¥याउनेको कदर उचित ढंगले नभएको गुनासो गरिन् ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











