काम अधूरै छाड्ने चितवनका २७ कम्पनीको नाम मन्त्रालयमा, कुन-कुन परे ?
चितवन १५, जेष्ठ । जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ ।
मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए ।
निर्माण कम्पनीमध्ये तीन वटाले तीन तीन योजना अधूरो बनाएर छाडेका छन् । तिनमा निर्माण सेवा धादिङ, आजीवन निर्माण सेवा धादिङ र डिभाइन लाइट कन्स्ट्रक्सन भरतपुर छन् ।
त्यसैगरी पूजा कन्स्ट्रक्सन धादिङ र पृथ्वी निर्माण सेवा धादिङले पनि दुई दुई आयोजना अलपत्र बनाएर छाडेको जिप्रकाले जनाएको छ ।
काम अधूरो छाड्ने मध्ये चितवनका ११ तथा अन्य धादिङ र काठमाडौँका छन् ।
अधूरो काम छाड्ने अन्य कम्पनीमा भिजन कन्स्ट्रक्सन, नाना कन्स्ट्रक्सन धादिङ, प्यालदोर हिमाल निर्माण सेवा धादिङ, ओएस इञ्जिनीयरिङ निर्माण सेवा, विराज÷शिवशक्ति÷न्यू तीन कन्या जेभी चितवन छन् ।
त्यसैगरी प्यासिफिक बिल्डर्स सुकेधारा काठमाडौँ, जेएनडी कन्स्ट्रक्सन, दीपश्री इञ्जिनीयरिङ काठमाडौँ, काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँ, आजीवन÷न्यू÷तीनकन्या जेभी, इशान कन्स्ट्रक्सन, त्रिशूली कन्स्ट्रक्सन, शारदा निर्माण सेवा, बरङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स, रुपल सुप्रिम कन्स्ट्रक्सन, सूर्यश्री कन्स्ट्रक्सन, इको इञ्जिनीयरिङ र नेपाल तराई निर्माण तथा डिपट्यूबवेल प्रालि भरतपुर छन् । समयमै काम नगर्ने अन्य निर्माण कम्पनीमा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन भरतपुर, महादेव ड्रिलिङ खैरहनी, भीमज्योति एमआर जेभी भरतपुर, चिता एण्ड सल्लेरी एशोसिएसट भरतपुर र पाल्पा इञ्जिनीयरिङ परासी छन् ।
प्रजिअ बस्नेतले समयमा काम नगर्ने र काम छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई मन्त्रालयको निर्देशनानुरुप कारवाहीको दायरामा ल्याइने बताए ।
निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले निर्माण व्यवसायीलाई नीतिनियमअनुसार कारवाही गर्न सकिने तर मन्त्रालयले थुन्न नपाउने बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












