प्रदेश सातका मुख्यमन्त्री क्याबिनेटकै गरिब मन्त्री, अर्थमन्त्रीसँग काठमाडाैंदेखि धनगढीसम्म जग्गा
कैलाली १५, जेष्ठ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बुझाएको सम्पत्ति विबरण अनुसार आफ्नो क्याबिनेटका सबै मन्त्रीहरु भन्दा गरीब देखिएका छन् ।
मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विबरणअनुसार मुख्यमन्त्री भट्टको नाममा कहिकतै जग्गा उल्लेख गरिएको छैन् । मुख्यमन्त्रीको सम्पत्तिको नाममा ७० हजार बैंकमा, मोबाइल १ थान, १ तोला सुन र १५ तोला चाँदी मात्रै रहेको छ ।
एक लाख ४० हजार वित्तीय ऋण र २ लाख व्यक्तिगत ऋण रहेको मुख्यमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।
केआईसिंह नगरपालिका- ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने अढाइ रोपनी जग्गा श्रीमति दुर्कादेवी भट्टको नाममा रहेको छ ।
अर्थमन्त्री बोहराको काठमाडाैंदेखि धनगढीसम्म जग्गा
प्रदेश ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा भने प्रदेशका अरु मन्त्रीभन्दा धनी देखिएका छन् ।
बोहराको काठमाडौं, गोदावरी नगरपालिका, टिकापुर र धनगढीमा समेत पत्नी, छोरा र आफ्नो नाममा जग्गा जमिन छ ।
बोहरासँग ३ थान जीप तथा कार, ४० तोला सुन र सेयर कित्ता समेत रहेको छ ।
विभिन्न् वित्तिय संस्थाहरुमा मन्त्री बोहराको झण्डै २० करोडको हाराहारीमा ऋण रहेको उल्लेख गरिएको छ भने मन्त्री बोहराले विभिन्न कम्पनीको शेयर मात्रै साढे सात करोड रुपैयाँको हाराहारीमा खरिद गरेका छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












