प्रदेश सातका मुख्यमन्त्री क्याबिनेटकै गरिब मन्त्री, अर्थमन्त्रीसँग काठमाडाैंदेखि धनगढीसम्म जग्गा
कैलाली १५, जेष्ठ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बुझाएको सम्पत्ति विबरण अनुसार आफ्नो क्याबिनेटका सबै मन्त्रीहरु भन्दा गरीब देखिएका छन् ।
मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विबरणअनुसार मुख्यमन्त्री भट्टको नाममा कहिकतै जग्गा उल्लेख गरिएको छैन् । मुख्यमन्त्रीको सम्पत्तिको नाममा ७० हजार बैंकमा, मोबाइल १ थान, १ तोला सुन र १५ तोला चाँदी मात्रै रहेको छ ।
एक लाख ४० हजार वित्तीय ऋण र २ लाख व्यक्तिगत ऋण रहेको मुख्यमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।
केआईसिंह नगरपालिका- ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने अढाइ रोपनी जग्गा श्रीमति दुर्कादेवी भट्टको नाममा रहेको छ ।
अर्थमन्त्री बोहराको काठमाडाैंदेखि धनगढीसम्म जग्गा
प्रदेश ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा भने प्रदेशका अरु मन्त्रीभन्दा धनी देखिएका छन् ।
बोहराको काठमाडौं, गोदावरी नगरपालिका, टिकापुर र धनगढीमा समेत पत्नी, छोरा र आफ्नो नाममा जग्गा जमिन छ ।
बोहरासँग ३ थान जीप तथा कार, ४० तोला सुन र सेयर कित्ता समेत रहेको छ ।
विभिन्न् वित्तिय संस्थाहरुमा मन्त्री बोहराको झण्डै २० करोडको हाराहारीमा ऋण रहेको उल्लेख गरिएको छ भने मन्त्री बोहराले विभिन्न कम्पनीको शेयर मात्रै साढे सात करोड रुपैयाँको हाराहारीमा खरिद गरेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












